Kathmandu Press

प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता

धनुषा, पुस २० : प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ। यस प्रदेशमा दुई सिटका लागि...
प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता

धनुषा, पुस २० : प्रदेश नं २ मा राष्ट्रियसभा सदस्य निर्वाचनका लागि छ जनाको उम्मेदवारी दर्ता भएको छ। यस प्रदेशमा दुई सिटका लागि हुने निर्वाचनका लागि आज जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयमा छ जनाको उम्मेदवारी परेको हो।

उम्मेदवारी दिनेमा पाँच दलीय सत्ताधारी गठबन्धनबाट सिरहाका खालिद सिद्धिकी र पर्साकी उर्मिला अर्यालले उम्मेदवारी दर्ता गराएका छन। खालिद जनता समाजवादी पार्टी (जसपा) नेपाल र अर्याल माओवादी केन्द्रबाट उम्मेदवार बनेका हुन। सत्तारूढ दलले गठबन्धन बनाए पनि प्रमुख प्रतिपक्षी एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले छुट्टाछुट्टै उम्मेदवार खडा गरेका छन्।

Hardik ivf

लोसापाबाट सप्तरीका श्यामसुन्दर सरदार र महोत्तरीकी रूपा यादवले उमेदवारी दर्ता गराएका हुन। सरदार प्रदेश सरकारले गठन गरेको दलित विकास समितिको सदस्य समेत हुन्।

यसैगरी एमालेबाट रौतहटकी विना साह र पर्साका उसमान अन्सारीले उमेदवारी दिएका छन। एमाले केन्द्रीय कार्यालयले धनुषाका असर्फी भिनवारको नाम सार्वजनिक गरे पनि अन्तिम समयमा उहाँको ठाउँमा उसमानलाई उम्मेदवार बनाइएको हो। सत्तारूढ गठबन्धन, प्रमुख प्रतिपक्षी नेकपा एमाले र विपक्षी दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच प्रतिस्पर्धा हुन लागेको हो।

प्रदेशसभामा सत्तारूढ जनता समाजवादी पार्टी (जसपा) का ३९ सदस्य छन्। यस्तै नेपाली कांग्रेसको १९, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का १६ र नेकपा एकीकृत समाजवादीका १३ सदस्य रहेका छन्। यसैगरी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका आठ/आठ सदस्य तथा नेपाल सङ्घीय समाजवादी पार्टीका एक जना सदस्य छन्।

प्रकाशित मिति: १८:५५ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्