चार जना मृत अवस्थामा फेला
काठमाडौं, पुस २० : काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ८ सिमपाखास्थित झाडीमा मंगलबार नवजात शिशु बालक मृत अवस्थामा फेला परेका छन् । भक्तपुर, मध्यपुरठिमी नगरपालिका ४...
काठमाडौं, पुस २० : काठमाडौं, बुढानिलकण्ठ नगरपालिका ८ सिमपाखास्थित झाडीमा मंगलबार नवजात शिशु बालक मृत अवस्थामा फेला परेका छन् ।
भक्तपुर, मध्यपुरठिमी नगरपालिका ४ दुईपोखरीस्थित पाटीमा काभ्रे पात्लेखेत फुलवारी घर भएका ६५ वर्षीय रत्न बहादुर तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
यस्तै चितवनको भरतपुर महानगरपालिका १ ईन्द्रदेव मार्गस्थित साजन टेलरमा काम गरी बस्ने बारा कलैया नगरपालिका-९ बस्ने ३५ वर्षीय बिनोद शाह सोही टेलरमा सुतिरहेको अवस्थामा मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
झापा, गौरीगंज गाउँपालिका ४ कधुभिट्टास्थित खेतमा हाल नाम, थर, वतन नखुलेका करिब ६५ वर्षीय पुरुष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: १८:३९ बजे, मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












