Kathmandu Press

प्रदेश १ मा राष्ट्रियसभाका लागि आठ जनाले उम्मेदवारको मनोनयन दर्ता

प्रदेश १ मा राष्ट्रियसभाका लागि आठ जनाले उम्मेदवारको मनोनयन दर्ता

विराटनगर, पुस २० : आगामी माघ १२ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि प्रदेश नं १ मा  आज आठ जनाले मनोनयन दर्ता गराएका छन। नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (गठबन्धन दल) बाट तीन, नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट तीन र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट दुईले मनोनयन दर्ता गराएकाे प्रदेश निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी तीर्थराज अधिकारीले जानकारी दिए।

राष्ट्रियसभाको अन्यतर्फ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसबाट गोपाल बस्नेत (झापा), एमालेबाट गुरु बराल (मोरङ) र राप्रपाबाट अम्बरबहादुर विष्ट (झापा), महिलामा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी जयन्ती राई (भोजपुर) र एमालेबाट सुमित्रा भण्डारी (झापा) र राप्रपाबाट रन्जु प्याकुरेल (झापा) रहेका छन।

यसैगरी अल्पसङ्ख्यकमा गठबन्धनबाट जनता समाजवादी पार्टीका हेमराज राई थुलुङ (भोजपुर) र एमालेबाट सोनाम ग्याल्जेन शेर्पा (सोलु) ले उम्मेदवारी दर्ता गरेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। राष्ट्रियसभा सदस्यका लागि आज दिउँसो ३ बजेसम्म मनोनयन दर्ताको समय निर्धारण गरिएको थियो। राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेशसभाका ९२ र स्थानीय तहका २७२ मतदाता रहेका छन्। प्रदेशसभा सदस्यको मतभार ४८ रहेको छ भने स्थानीय तहको १८ हुने कार्यालयले जनाएको छ।

प्रकाशित मिति: १८:१५ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्