Kathmandu Press

राष्ट्रियसभा बैठक आइतबार बस्ने

काठमाडाैं, पुस २० : राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र...
राष्ट्रियसभा बैठक आइतबार बस्ने

काठमाडाैं, पुस २० : राष्ट्रियसभाको बैठक यही पुस २५ गते आइतबार दिउँसो १ बजे बस्ने भएको छ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उक्त मिति र समयमा बैठक बस्ने गरी समय निर्धारण गरेकाे महासचिव डा भरतराज गौतमद्वारा आज जारी सूचनापत्रमा उल्लेख छ।

उक्त सभाको पुस ५ गतेको बैठकले अर्काे सूचनाद्वारा मिति र समय नतोकिएसम्मका लागि सभाको बैठक स्थगित गरेको थियो।

प्रकाशित मिति: १८:१० बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्