Kathmandu Press

थप ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु 

काठमाडौं, पुस २० : देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको...
थप ३९३ जनामा कोरोना सङ्क्रमण पुष्टि, ३ जनाको मृत्यु 

काठमाडौं, पुस २० : देशभर पछिल्लो २४ घण्टामा थप ३९३ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । सो अवधिमा नौ हजार ३२९ जनाको नमूना  परीक्षण गरिएको थियो । 

सात हजार ७९४ जनाको पीसीआर तथा एक हजार ५३५ जनाको एन्टीजेन विधिबाट कोरोना परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा २६३ जना कोरोनाबाट निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या आठ लाख १२ हजार ९३७ पुगेको छ। निको हुनेदर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ । 

Hardik ivf

नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षण गर्दा आठ लाख २९ हजार ६३२ जनामा तथा एन्टीजेन विधिबाट परीक्षण गर्दा  ९६ हजार ३१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट परीक्षण गर्नेको सङ्ख्या ४८ लाख ८७ हजार ८१८ र एन्टीजेन विधिबाट परीक्षण गर्नेको सङ्ख्या आठ लाख ३५ हजार ९५२ पुगेको छ ।  

कोभिड–१९ विरुद्धको खोप लगाउनेको सङ्ख्या पछिल्लो २४ घण्टामा तीन लाख १६ हजार ७७४ पुगेको छ । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच हजार ९४ रहेको छ ।  पछिल्लो २४ घण्टामा कोरोनाबाट तीन जनाको मृत्यु भएको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ११ हजार ६०१ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर एक दशमलव चार प्रतिशत छ ।  

हाल देशभर भेन्टिलेटरमा २५ जना तथा आइसियुमा ८८ जना छन् । होमआइसोलेसनमा चार हजार ८३४, संस्थागत आइसोलेसनमा २६० तथा क्वारेन्टिनमा ९८ जना रहेका छन् । हाल देशभर ५०० भन्दा बढी सक्रिय सङ्क्रमित भएका जिल्लामा काठमाडौँ, ललितपुर र भक्तपुर छन् भने २०० भन्दा बढी सङ्क्रमित रहेका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली छन् ।

 शून्य सङ्क्रमित रहेका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु छन् । उपत्यकाका तीन जिल्लामध्ये हाल काठमाडौँमा एक हजार ९९, ललितपुरमा ५९५ र भक्तपुरमा ५१४ सक्रिय सङ्क्रमित रहेको मन्त्रालयले जनाएको छ।  

प्रकाशित मिति: १८:०९ बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्