स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध
रसुवा, पुस २० : सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज...
रसुवा, पुस २० : सुक्खा पहिराका कारण स्याफ्रुबेसी रसुवागढी सडक खण्ड अवरुद्ध भएको छ। गोसाइँकुण्ड गाउँपालिका–३ कलाङकुलुङ आसपास क्षेत्रमा करिब ७० मिटर माथिबाट आज विहान आएको सुक्खा पहिराले राजमार्ग अवरुद्ध भएको हो । राजमार्ग अवरुद्ध भएपछि माहवाहक कन्टेनर बाटोमा नै राकिएका छन्।
प्रमुख जिल्ला अधिकारी नवराज जैसीले पहिरो पन्छाउनका लागि स्थानीयस्तरमा सञ्चालित जलविद्युत् आयोजना र सडक कार्यालयको स्काभेटर उपकरण प्रयोगमा ल्याउन लागिएको जानकारी दिए ।
यसका लागि तीनवटै सुरक्षा निकाय परिचालन गरिएको उनले बताए। पहिरास्थलमा निरन्तर ससाना ढुङ्गा झर्ने क्रम जारी रहेकाले पन्छाउन समस्या परेको बताइएको छ।
प्रकाशित मिति: १६:३५ बजे, मंगलबार, पुस २०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












