Kathmandu Press

तनहुँका अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत

तनहुँ, पुस २० :  तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत रहेका छन् । जिल्लामा सञ्चालित १९ मध्ये दश उद्योगलाई बन्द गराउने...
तनहुँका अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत

तनहुँ, पुस २० :  तनहुँ जिल्लाभित्र सञ्चालित अधिकांश क्रसर उद्योग मापदण्ड विपरीत रहेका छन् । जिल्लामा सञ्चालित १९ मध्ये दश उद्योगलाई बन्द गराउने निर्णय पश्चात बन्द गरिएको थियो ।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहने गरी गठित नदी तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिले त्यस्ता उद्योगलाई बन्द गराएको हो । सञ्चालनमा रहेका नौ उद्योग पनि नवीकरणबिना नै सञ्चालन गर्दै आएको जिससका नायव सुब्बा नरबहादुर सार्कीले जानकारी दिए।

Hardik ivf

नवीकरणबिना सञ्चालनमा रहेका ती क्रसर उद्योगलाई पटक–पटक मापदण्डमा आउन निर्देशन दिए पनि अहिलेसम्म निर्देशनको पालना नगरेको उनले बताए। 

जिल्लाको शुक्लागण्डकी–२ को सिद्धेश्वर एग्रिगेट एण्ड क्रसर उद्योग, शुक्लागण्डकी–७ को एसिक्स एग्रिगेट कम्पनी प्रालि, सोही नगरपालिका –२ को एसएनएल एग्रिगेट एण्ड क्रसर उद्योग प्रालि र मेलमिलाप ढुङ्गा, बालुवा गिटी उद्योग प्रालिलाई बन्द गर्न निर्देशन दिइएको हो। 

त्यसैगरी, शुक्लागण्डकी–५ मा रहेको प्रोफर कन्स्ट्रक्सन एण्ड क्रसर, म्याग्दे गाउँपालिका–३ को अकला रुद्रदेवी गिटी बालुवा उद्योग, सोही गाउँपालिका– ४ को दोभान ब्लक एण्ड एग्रिगेट क्रसर उद्योग, वडा नं ५ मा रहेको ढोरबाराही एग्रिगेट क्रसर उद्योग, बन्दिपुर गाउँपालिका–६ को नमूना ग्रिड एण्ड क्रसर उद्योग र शुक्लागण्डकी नपामा रहेको जयमहालक्ष्मी क्रसर उद्योग प्रालिलाई बन्द गर्न निर्देशन पश्चात बन्द गरिएको जिसस तनहुँले जनाएको छ। 

घरेलु तथा साना उद्योग समितिका प्रमुख नारायणप्रसाद ढकालले पनि जिल्लाभित्रका अधिकांश क्रसर उद्योगहरु मापदण्ड विपरीत रहेको बताए। ती क्रसर उद्योगलाई मापदण्डमा आउन पटक–पटक पत्राचार गरिए पनि बेवास्ता गर्दै आएको उहाँले जानकारी दिए। जिल्ला समन्वय समिति तनहुँका प्रमुख एवं नदीजन्य तथा खानीजन्य पदार्थ जिल्ला अनुगमन समितिका संयोजक शान्तिरमण वाग्लेले मापदण्ड विपरीतका १० वटा क्रसर उद्योगलाई बन्द गर्न निर्देशन दिएका हुन्। 


जिल्लाभित्र सञ्चालनमा रहेका १९ वटै क्रसर उद्योगको नवीकरण नभएको र घरेलु तथा साना उद्योग समितिको कार्यालयमा दर्ता भएका ९ वटा उद्योगलाई मात्रै सञ्चालनको अनुमति दिइएको उहाँले जानकारी दिए। अनुगमन समितिका सदस्य एवं प्रमुख जिल्ला अधिकारी विश्वप्रकाश अर्यालले जिल्लाभित्र सञ्चालित क्रसर उद्योग अधिकांश मापदण्ड विपरीत रहेको बताए।

ती उद्योगलाई मापदण्ड अनुरुप सञ्चालन गर्न पटक पटक निर्देशन दिइए पनि अटेर गर्ने गरेकोले अब छिट्टै अनुगमन समितिको बैठक बसी क्रसर उद्योगको अनुगमन गरी मापदण्ड विपरीत सञ्चालनमा रहेका बन्द गराइने उनले बताए ।(– सानेबहादुर नेपाली÷रासस)  

प्रकाशित मिति: १६:१८ बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्