Kathmandu Press

बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा

जनकपुर, पुस २० : बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन...
बढ्दो चिसोका कारण धनुषाका तीन तहले दियो विद्यालयमा बिदा

जनकपुर, पुस २० : बढ्दो चिसो र शीतलहरलाई दृष्टिगत गरी धनुषाको तीन स्थानीय तहले आफ्नो क्षेत्रभित्रका विद्यालयह बिदा दिएका छन् । 

धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका र लक्ष्मीनियाँ गाउँपालिकाले विद्यालयमा बिदा दिएका हुन् । बढ्दो चिसोका कारण जनजीवन कष्टकर बन्दै गएको र विद्यालयमा बालबालिकाको उपस्थितिसमेत पातलिएकाले आजदेखि शनिबारसम्म नगर क्षेत्रका विद्यालयमा बिदा दिने निर्णय गरेको क्षिरेश्वरनाथ नगरपालिकाका प्रमुख प्रशासकीय प्रमोदकुमार घिमिरेले जानकारी दिए।

Hardik ivf

यस्तै, नगराइन नगरपालिकाले पनि अगामी पाँच दिनका लागि नगर क्षेत्रका विद्यालयमा बिदा दिएको जनाएको छ । अत्यधिक चिसो र शीतलहरका कारण पठनपाठनमा समस्या भइरहेकाले आजदेखि पाँच दिनका लागि नगर क्षेत्रको सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा दिएको नगरपालिकाले जनाएको छ। 

त्यस्तै, लक्ष्मीनियाँ गाउँपालिकाले पनि गाउँपालिकास्थित विद्यालयमा आजदेखि अर्को सूचना नहुन्जेलसम्मका लागि बिदा दिएको जनाएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिशङ्कर यादवले सूचना जारी गरी चिसोका कारण विद्यालयमा बिदा दिएको जानकारी दिएका छन्। 

विगत केही दिनयता बढ्ेको अत्यधिक चिसो र शीतलहरका कारण प्रदेश २ का जिल्लाहरुको जनजीवन कष्टकर बनेको छ । चिसोका कारण दुधे बालकदेखि ६० वर्षसम्मका वृद्धवृद्धा बढी प्रभावित भएका छन्। चिसो बढ्दै गएपछि अस्पतालमा रुघाखोकी, ज्वरो, श्वासप्रश्वास, निमोनियाँ लगायतका बिरामीको चाप बढेको जिल्ला स्वास्थ्य कार्यालय धनुषाले जनाएको छ। 

विगत तीन दिनदेखि घाम नउदाउनाका साथै चिसो हावा चलेका कारण सर्वसाधार आगो बालेर दिन बिताउन बाध्य भएका छन् । चिसो बढेपछि ग्रामीण तथा बजार क्षेत्रमा सर्वसाधारणको चहलपहल र आवागमन पातलिएको छ भने सरकारी कार्यालयमा समेत सेवाग्राहीको चाप घटेको छ । चिसो बढेपछि बजारमा सर्वसाधारणको चहलपहल घटेको जनकपुरका व्यापारीले बताएका छन्। 

प्रकाशित मिति: १३:४९ बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्