Kathmandu Press

एकैदिन तोलामा  ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, पुस २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ। पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३...
एकैदिन तोलामा  ९०० ले घट्यो सुनको मूल्य

काठमाडौँ, पुस २० : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९००ले घटेर रु ९२ हजार २०० तोकिएको छ। 

पहेँलो धातु अधिल्लो दिन प्रतितोला ९३ हजार १०० मा कारोबार भएको थियो  ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला रु ९१हजार ७०० कायम भएको छ जसको मूल्य सोमबार प्रतितोला रु ९२ हजार ६०० तोकिएको थियो ।
    
त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला  १५ ले घटेर  एक हजार २५० तोकिएको महासङ्घले जनाएको छ । 

महासङ्घले अन्तरराष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८०३ डलर आसपास कारोबार भइरहेको छ ।

प्रकाशित मिति: ११:३६ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्