Kathmandu Press

हिमपहिरोमा बेपत्ता रामबहादुर अझै फेला परेनन्

म्याग्दी, पुस २० : धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन्।अति बिकट गुर्जाको सुकेलोट्नेमा गत बिहीबार दिउँसो...
हिमपहिरोमा बेपत्ता रामबहादुर अझै फेला परेनन्

म्याग्दी, पुस २० : धवलागिरी गाउँपालिका–१ गुर्जामा हिमपहिरोमा पुरिएर बेपत्ता भएका रामबहादुर छन्त्याल अझै फेला परेका छैनन्।

अति बिकट गुर्जाको सुकेलोट्नेमा गत बिहीबार दिउँसो हिउँपहिरोमा पुरिएका ५० वर्षीय छन्त्याल अझै बेपत्ता छन्। वडाध्यक्ष झकबहादुर छन्त्यालले बेपत्ता भएको ठाउँमा हिउँ नपग्लिएकाले खोज्न समस्या भइरहेको बताए।

Hardik ivf

भेडी गोठमा जाने क्रममा एक्कासी बाक्लो हिमपात भएपछि रामबहादुर चिप्लिएर खोंचमा लडेका थिए। उनलाई साथीहरूले उद्धारको प्रयास गरे पनि हिउँमा पुरिएकाले प्रयास सफल नभएको वडाध्यक्ष झकबहादुरले बताए। सोमबार बिहान ४० जना स्थानीयवासीले बेपत्ता भएको स्थान आसपासका क्षेत्रमा खोजी गरेका थिए।

स्थानीयले समूह बनाएर दैनिक रामबहादुरको खोजी गर्दै आएका छन्। बस्तीदेखि टाढाको गोठमा बस्दै आएका जगदेवी छन्त्याल, बुद्धि छन्त्याल र लालबहादुर विकलाई हिउँमा फसिरहेको अवस्थामा उद्धार गरिएको वडाअध्यक्ष झकबहादुरले जानकारी दिए। उनीहरु अहिले भेडी गोठमा नै रहेका छन्।

भेडाको बथानसहित गोठमा रहेकाले अनुकूल मौसम भएपछि फर्किने गोठमा रहेका बुद्धि छन्त्यालको भनाइ उद्धृत गर्दै वडा अध्यक्ष झकबहादुरले बताए।

समुद्र सतहबाट ३२ सय २० मिटर उचाइमा अवस्थित गुर्जा जोड्ने पदमार्ग समेत हिउँले छोपेको छ। हाल मोबाइल र इन्टरनेटसेवा सञ्चालान भएकाले स्थानीयलाई सम्पर्कमा सहज भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी रानाले बताए। (रासस)

प्रकाशित मिति: ०८:१० बजे, मंगलबार, पुस २०, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्