Kathmandu Press

जाजरकोट-जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययनका गरिँदै

जाजरकोट, पुस २० : जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न लागिएको छ।जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका...
जाजरकोट-जुम्ला सुरुङमार्गको सम्भाव्यता अध्ययनका गरिँदै

जाजरकोट, पुस २० : जाजरकोट–जुम्ला जोड्ने सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्न लागिएको छ।

जाजरकोटको कुशे गाउँपालिका–८ साङ्टा र जुम्लाको तातोपानी गाउँपालिका–८ इमिल्चाघारी जोड्ने सुरुङमार्ग निर्माणका लागि अध्ययन गरिने भएको हो। सडक विभागको गुणस्तरीय खोज तथा विकास केन्द्र (क्यूआरडिसी) ले सूचना जारी गरिसकेको छ।

सुरुङमार्गको सम्भाव्यता अध्ययनका लागि सडक विभागले बोलपत्र आह्वान गरिसकेको र अध्ययन सकिएपछि सुरुङमार्ग निर्माण अघि बढ्ने जनाइएको छ। सुरुङमार्ग निर्माण तथा नयाँ सडकको ट्रयाक खोल्नका लागि सम्भाव्यता अध्ययन गर्न लागिएको हो।

जाजरकोट साङ्टाबाट र जुम्लाको इमिल्चाघारीसम्मको लम्बाइ करिब १० किलोमिटर छ। सुरुङ निर्माणका लागि करिब पाँच किलोमिटर पहाड प्वाल पार्नुपर्ने र अन्य क्षेत्रमा सडक निर्माण गर्नुपर्ने जनाइएको छ।

जाजरकोटबाट जुम्ला जान करिब १० घण्टा उकालो हिँड्नुपर्छ। सुरुङमार्ग निर्माण भए ३० मिनेटमै जुम्ला जान सकिने जनाइएको छ। (रासस)

प्रकाशित मिति: ०७:५७ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्