Kathmandu Press

चिसो बढेपछि विद्यालयमा पठनपाठन बन्द

पर्सा, पुस २० : तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीय तहले विद्यालयमा पठनपाठन बन्द गरेका छन्।ठोरी र धोविनि गाउँपालिकाले निजी तथा...
चिसो बढेपछि विद्यालयमा पठनपाठन बन्द

पर्सा, पुस २० : तराईमा एक सातायता चिसो बढेपछि पर्साका ३ स्थानीय तहले विद्यालयमा पठनपाठन बन्द गरेका छन्।

ठोरी र धोविनि गाउँपालिकाले निजी तथा सामुदायिक विद्यालयमा पुस २४ गतेसम्मका लागि पठनपाठन बन्द गरेका हुन्। यस अगाबै जिराभवानीले पठनपाठन बन्द गरेको थियो।

शीतलहरले गर्दा स्वास्थ्यमा प्रतिकूल समस्या नपरोस् भन्दै स्थानीय तहले संस्थागत र निजी विद्यालयमा पठनपाठन बन्द गराएका हुन्। विगत एक दिनदेखि चिसो र शीतलहरले पर्साको जनजीवन प्रभावित भएको छ।

 

प्रकाशित मिति: ०७:२७ बजे, मंगलबार, पुस २०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्