Kathmandu Press

उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण : महासङ्घ अध्यक्ष गोल्छा

भक्तपुर, पुस १९ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण रहेको बताएका छन्। आज भक्तपुर...
उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण : महासङ्घ अध्यक्ष गोल्छा

भक्तपुर, पुस १९ : नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष शेखर गोल्छाले उद्योग व्यवसायका लागि वर्तमान समय एकदमै चुनौतीपूर्ण रहेको बताएका छन्। आज भक्तपुर उद्योग वाणिज्य सङ्घको नयाँ कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान कार्यक्रममा उनले अहिलेको कठिन घडीमा व्यवसायी सबै एकजुट भएर यसको सामना गर्नुपर्ने उनले बताए।

भक्तपुर जिल्ला ऐतिहासिक र सांस्कृतिकरूपमा समृद्ध भएको औँल्याउँदै उनले भक्तपुरमा पर्यटन उद्योगको यथेष्ट सम्भावना रहे पनि विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ को महामारी र यसले पर्यटन उद्योगमा पारेको असरले व्यवसायी मारमा परेको उनको भनाइ थियो।

Hardik ivf

अध्यक्ष गोल्छाले कोरोना महामारीले साना तथा मझौला उद्योग व्यवसायहरुलाई समेत साह्रै कठिनाइको सामना गर्नुपरेको भन्दै बैंकिङ क्षेत्रमा देखापरिरहने तरलताको अभावले पनि उद्योग व्यवसायमा थप कठिनाइको सामना गर्नुपरेको बताए।

महासङ्घका एसोसियट्सतर्फका उपाध्यक्ष रामचन्द्र सङ्घाईले कोभिडका कारण धराशायी बनेको पर्यटन उद्योगलाई पुनरुत्थान गर्न आवश्यक कदम चाल्नु जरुरी रहेको औँल्याए।

नेपालमा हाल कूल जनसङ्ख्याको ४६ प्रतिशत नागरिकले मात्रै कोभिडविरुद्धको खोप लगाएकाले सरकारले जतिसक्दो छिटो सबै जनतामा खोप पुर्‍याउनुपर्नेमा जोड दिए।

कार्यक्रममा महासङ्घका अर्का जिल्ला नगर उद्योग वाणिज्य सङ्घका उपाध्यक्ष दिनेश श्रेष्ठले महासङ्घले ५५ वर्षको इतिहासमा सरकारको अवैतनिक आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्दै आएको चर्चा गर्दै निजी क्षेत्रको हकहितका लागि आवश्यक जुनसुकै काममा पनि जिल्ला नगर उद्योग वाणिज्य सङ्घहरुलाई सहयोग गर्न आफूहरु तयार रहेको बताए।

त्यस अवसरमा भक्तपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष शिवप्रसाद मानन्धरले उद्योग वाणिज्य क्षेत्रको विकास तथा उत्थानमा अघि बढ्नका लागि महासङ्घसँग निरन्तर छलफल र सहकार्य गर्ने बताए। कोभिडको महामारीको चपेटामा परेको उद्योगधन्दालाई बैंकहरुको ब्याज आतङ्कले थप आक्रान्त बनाएको भन्दै उनले निजी क्षेत्रलाई विभाजित गरी कमजोर पार्ने कोसिस भइरहेका तर्फ ध्यान दिँदै त्यस्ता चुनौतीलाई पन्छाएर उद्योग वाणिज्य क्षेत्रको समस्या समाधानमा एकताबद्ध भई लाग्नुपर्ने बताए।

प्रकाशित मिति: २१:०१ बजे, सोमबार, पुस १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्