Kathmandu Press

काठमाडौँस्थित इजरायली दूतावासको सहकार्यमा पुराना ब्याट्रीको व्यवस्थापन गरिँदै

काठमाडाैं, पुस १९ : विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ। पछिल्ला समय मोबाइल फोन, टर्चलाइट, ल्यापटपलगायत विद्युतीय उपकरणमा प्रयोग...
काठमाडौँस्थित इजरायली दूतावासको सहकार्यमा पुराना ब्याट्रीको व्यवस्थापन गरिँदै

काठमाडाैं, पुस १९ : विद्युतीय उपकरणमा प्रयोग हुने ब्याट्रीको व्यवस्थापन चुनौतीपूर्ण बन्दै गइरहेको छ। पछिल्ला समय मोबाइल फोन, टर्चलाइट, ल्यापटपलगायत विद्युतीय उपकरणमा प्रयोग भइरहेका ब्याट्री वातावरणमा यत्रतत्र भेटिन्छन्।

ब्याट्रीमा प्रयोग गरिने मर्करी, लेडलगायत घातक वस्तुले मानव स्वास्थ्यका साथै वातावरणमा गम्भीर अवस्था सिर्जना गरेका छन्। वातावरणमा यत्रतत्र फालिएका त्यस्ता ब्याट्रीले वातावरणमा पार्ने असरबारे जानकारी गराउँदै पुराना ब्याट्री सङ्कलन गरी पुनः प्रयोगमा ल्याउने उद्देश्यले विभिन्न काम सुरु भएका छन्

Hardik ivf

काठमाडौँस्थित इजरायली दूतावासको सहयोगमा उपत्यकाका विभिन्न विद्यालयका विद्यार्थीलाई पुराना ब्याट्रीले पार्ने असरबारे जनचेतना अभिवृद्धि गरिनाका साथै पुराना ब्याट्री सङ्कलन अभियान थालनी गरिएको छ।

वातावरण प्रदूषण रोक्न पुराना ब्याट्री सङ्कलन गर्ने र उचित ढङ्गबाट पुनः प्रयोगमा ल्याउन जनचेतना जगाउने उद्देश्यले सो कार्यक्रम आयोजना गरिएको इजरायली दूतावासले जनाएको छ। ब्याट्रीमा प्रयोग हुने कडा फलाम, लेड, मर्करी तथा विभिन्न केमिकलले माटोमा सङ्क्रमण हुने, पानी तथा वायु प्रदूषित बनाउने गर्छ। यसबाट मानव जीवनका साथै पृथ्वी नै प्रभावित हुने गर्छ।

दूतावासको सहकार्यमा काठमाडौँ उपत्यकाका प्रज्ञाकुञ्ज, शान्ति शिक्षा, केएमसी, काव्यलगायत विद्यालयमा पुराना ब्याट्रीले मानव स्वास्थ्य साथै पृथ्वीमा पार्ने असरबारे विभिन्न जानकारी दिने र सङ्कलन गर्ने काम भइरहेको छ।

वातवरण संरक्षणमा महत्वपूर्ण सन्देश दिने उद्देश्यले काठमाडौँको नयाँ बानेश्वरस्थित काठमाडौँ प्रज्ञाकुञ्ज विद्यालयमा आज आयोजित कार्यक्रममा विद्यार्थीले सङ्कलन गरेको पुराना ब्याट्री इजरायली राजदूत होनान गोदारले वन तथा वतावरणमन्त्री रामसहायप्रसाद यादवलाई हस्तान्तरण गरे। त्यसरी सङ्कलन गरिएका ब्याट्री डोको रिसाइकलर्सले पुनः प्रयोगमा ल्याउनेछ।

वन तथा वातावरणमन्त्री रामसहायप्रसाद यादवले इजरायली दूतावासको सहयोगमा विद्यालयले चलाएको अभियानले वातावरण संरक्षणको क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए। जलवायु परिवर्तनले मानवीय सङ्कट बढाएको उल्लेख गर्दै उनले वातावरण संरक्षणमा सबैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताए। 'आजको समयमा यो अभियान निकै महत्वपूर्ण छ,' उनले भने, 'जलवायु परिवर्तनले मावनीय जीवन मात्र नभई सम्पूर्ण प्राणीजगत्लाई नै असर गरिरहेको छ।'

नेपालका लागि इजरायली राजदूत हनान गोदेरले वातावरण संरक्षण गर्ने अभियानमा सहभागिताका लागि कृषिमन्त्रीप्रति आभार प्रकट गरे। उनले पृथ्वीको संरक्षण गर्नु सबैका दायित्व भएको उल्लेख गरे। 'वातावरण संरक्षणमा नेपालले एउटा पाटोका रूपमा काम गरिरहेकामा गर्व छ,' उनले भने। कार्यक्रममा विद्यालयका निर्देशक कपिलदेव रेग्मीले नेपालको शिक्षा र कृषिमा नेपाल र इजरायलबीच द्विपक्षीय सहकार्य हुँदै आएको बताए।

प्रकाशित मिति: २०:३२ बजे, सोमबार, पुस १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्