Kathmandu Press

हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

ताप्लेजुङ, पुस १९ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन्। हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्ँिलदै...
हिउँमा फसेका बाबुछोरा छ दिनपछि गाउँ फर्किए

ताप्लेजुङ, पुस १९ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङको लोदेनस्थित हिउँमा फसेका बाबुछोरा आज गाउँ फर्किका छन्। हिमपात हुन छोडेसँगै जमेको हिउँ पनि बाक्ँिलदै गएपछि उहाँहरू गाउँ आउन सफल भएका हुन्।

अन्दाजी ५०/५५ वर्षका लाक्पाटाँसी र उहाँका १४/१५ वर्षीय छोरा पासाङ शेर्पा गत बुधबारदेखि हिउँमा फस्नुभएको थियो। चौँरी गोठ सार्ने क्रममा हिउँपहिराले बगाएसँगै उनीहरू ओडारमा अल्झिएर बसेका थिए। उद्धारका लागि गत शनिबार र आइतबार धेरै पटक अल्टिच्युट एयर कम्पनीको हेलिकाेप्टर उद्धारका लागि गए पनि बाबुछोरा बसेको ठाउँ पहिचान गर्न नसकेपछि उद्धार हुन सकेको थिएन।

हिउँ पर्न रोकिएसँगै जमिएर रहेको हिउँ पनि बिस्तारै बग्दै गएपछि आज दिउँसो उनीहरू गाउँ निस्कन सफल भएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए। हिउँमा फसेका बाबुछोराको स्वास्थ्य अवस्था सामान्य रहेको पाण्डेले जानकारी दिए। समुद्र समत चार हजार मिटर उचाइमा अवस्थित पापङको लोनाक भन्ने ठाउँमा चौँरी गोठ सार्ने क्रममा बाबुछोरा हिउँमा फसेका थिए।

प्रकाशित मिति: १८:३७ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्