Kathmandu Press

म्याग्दीमा निर्माणाधीन घरबाट खसेर एकको मृत्यु

म्याग्दीमा निर्माणाधीन घरबाट खसेर एकको मृत्यु

म्याग्दी, पुस १९ : म्याग्दीको बेनी नगरपालिका–७ मङ्गलाघाटमा निर्माणाधीन घरबाट खसेर आज एकजनाको मृत्यु भएको छ। 

तीनतला माथिबाट खसेर सख्त घाइते भएका अन्नपूर्ण गाउँपालिका–७ हिस्तानका अन्दाजी ३२र३३ वर्षीय कृष्ण पुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

प्रहरी नायब उपरीक्षक श्यामकुमार राईले बेनी अस्पताल पु¥याउँदा चिकित्सकले पुनलाई मृत घोषणा गरेका जानकारी दिए। मृतक पुन सो घर निर्माणमा मजदुरका रूपमा काम गर्दथे। मृतकको शवपरीक्षणका लागि बेनी अस्पतालको शवगृहमा राखिएको छ।  

प्रकाशित मिति: १८:०९ बजे, सोमबार, पुस १९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्