काठमाडौं उपत्यकामा थप १८४ जनामा कोरोना संक्रमण
काठमाडौं, पुस १९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।तीमध्ये काठमाडौंमा १४०, ललितपुरमा २८ र भक्तपुरमा १६...
काठमाडौं, पुस १९ : पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा थप १८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
तीमध्ये काठमाडौंमा १४०, ललितपुरमा २८ र भक्तपुरमा १६ संक्रमित रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
यसैगरी काठमाडौं उपत्यकामा २ हजार १३० सक्रिय संक्रमित रहेका छन्। तीमध्ये काठमाडौंमा १ हजार ४४, ललितपुरमा ५८४ र भक्तपुरमा ५०२ जना रहेको मन्त्रालयले जनाएको छ।
देशभरिमा भने थप ३२६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: १६:१९ बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार












