Kathmandu Press

बेलायतमा सङ्कलित रकमबाट विपन्न विद्यार्थीलाई सहयोग

दमौली, पुस १९ : पोखरा महानगरपालिका माटेपानी घर भई हाल बेलायतमा रहेका विनोद श्रेष्ठले त्यहाँ सङ्कलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक...
बेलायतमा सङ्कलित रकमबाट विपन्न विद्यार्थीलाई सहयोग

दमौली, पुस १९ : पोखरा महानगरपालिका माटेपानी घर भई हाल बेलायतमा रहेका विनोद श्रेष्ठले त्यहाँ सङ्कलन गरिएको रकमबाट तनहुँको व्यास नगरपालिका–५ पाटनस्थित पराशर माध्यमिक विद्यालयका विद्यार्थीलाई आबश्यक सामग्री खरिदका लागि सहयोग गरेका छन्। 

बेलायतमा अङ्ग्रेजी नयाँ वर्षका अवसरमा आयोजित कार्यक्रमबाट सङ्कलन भएको रु ५३ हजार १७०बाट  पराशरका अतिविपन्न विद्यार्थीलाई शैक्षिक सामग्री उपलब्ध गराइएको थियोे । विद्यालयमा आज आयोजित कार्यक्रममा व्यास नगरपालिका–५ का वडाध्यक्ष मोहनकुमार श्रेष्ठले धन भएकाभन्दा मन भएकाले सामाजिक क्षेत्रमा योगदान गर्नसक्ने बताए।

Hardik ivf

उनले छिट्टै नै अर्को स्थानमा विद्यालयको नयाँ भवन निर्माण गरिने  जानकारी दिए। विद्यालयका प्रधानाध्यापक रामदत्त पौडेलले विनोद श्रेष्ठ तथा सहयोगी बेलायतका विभिन्न पेशामा आबद्ध दातालाई विद्यालयकोतर्फबाट धन्यवाद व्यक्त गर्दै यस सहयोगले विद्यार्थीमासहयोगी भावनाको विकास हुने उल्लेख गरे।

अभिभावक सङ्घका अध्यक्ष नरबहादुर आले, पूर्वप्रधानाध्यापक हेम पौडेल, विद्यालय व्यवस्थापन समितिका सदस्य पार्वती गिरी, सहायक प्रधानाध्यापक अनिता काफ्ले लगायतले छात्रवृत्तिले विपन्न बालबालिकाको पठनपाठनमा सहयोग पुग्नाका साथै नियमित विद्यालयमा आउने दरमा वृद्धि हुने बताए । 

विद्यालयका शिक्षक रुपा श्रेष्ठको संयोजनमा प्राप्त भएको सो  रकमबाट  कक्षा ५ सम्म अध्ययन गर्ने सबै बालबालिकालाई कापी, कलम, पेन्सिल, मोजाका साथै  नौ जनालाई  स्वीटर, १५ जनालाई जुत्ता, पाँच जनालाई खेलकुद पोशाक वितरण गरिएको सहायक प्रधानाध्यापक अनिता काफ्लेले जानकारी दिए। 

प्रकाशित मिति: १६:०९ बजे, सोमबार, पुस १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्