Kathmandu Press

कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग

काठमाडौं, पुस १९ : नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ ।सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक...
कांग्रेस केन्द्रीय समितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गराउन माग
Hardik ivf

काठमाडौं, पुस १९ : नेपाल सांस्कृतिक सङ्घले नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिमा सांस्कृतिक क्षेत्रको प्रतिनिधित्व गर्न माग गरेको छ ।

सङ्घका प्रवक्ता महेश प्रसाइँले आज एक विज्ञप्ति जारी गर्दै समावेशी र समानुपातिक सिद्धान्तको प्रमुख सूत्रधारका रुपमा रहेको कांग्रेसले समावेशी र समानुपातिक सिद्धान्तलाई प्रतिविम्बन गराएबमोजिम सांस्कृतिक क्षेत्रलाई पनि यथोचित् रुपमा प्रतिनिधित्व गराउन माग गरेका छन् । सङ्घले समावेशी र समानुपातिक सिद्धान्तलाई अवलम्बन गर्दै गर्दा कांग्रेसले सांस्कृतिक क्षेत्रलाई कहीँकतै प्रतिनिधित्व नगराइएको भन्दै  उक्त क्षेत्रलाई पनि प्रतिनिधित्व गराउन पार्टीको ध्यानाकर्षण गराएको हो ।

सङ्घले पार्टीको १४औँ महाधिवेशनबाट पुनः दोस्रोपटक पार्टी सभापति निर्वाचित भएकामा प्रधानमन्त्रीसमेत रहेका शेरबहादुर देउवालाई बधाईसहित सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।  

प्रकाशित मिति: १५:३८ बजे, सोमबार, पुस १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्