Kathmandu Press

पाल्पाको लाकुरीमा जिप दुर्घटना हुँदा पाँचजना घाइते

पाल्पा, पुस १८ : पाल्पाको पूर्वखोला गाउँपालिका–६ लाकुरीमा जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।हेक्लाङबाट तानसेन...
पाल्पाको लाकुरीमा जिप दुर्घटना हुँदा पाँचजना घाइते

पाल्पा, पुस १८ : पाल्पाको पूर्वखोला गाउँपालिका–६ लाकुरीमा जिप दुर्घटना हुँदा पाँचजना घाइते भएका छन्। तीमध्ये दुईजनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

हेक्लाङबाट तानसेन आउँदै गरेको लु१ज २६०७ नम्बरको जिप सोमबार बिहान करिब ८ बजे सेर्काबास(हेक्लाङ भित्री सडकमा दुर्घटना भएको हो। 

Hardik ivf

दुर्घटनामा पूर्वखोला–६ हेक्लाङका ३० वर्षीय टेकबहादुर पल्ली, २८ वर्षीय पूर्णबहादुर फाल, १९ वर्षीय चिरञ्जीवी सारू, २९ वर्षीय प्रेम सिङ्जाली र ४६ वर्षीय पविसरा सारू घाइते भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ।

घाइते सबैको तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा उपचार भइरहेको छ। तीमध्ये पूर्णबहादुर र चिरञ्जीवीको अवस्था गम्भीर रहेको बताइएको छ। 

जिप अनियन्त्रित भई दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीको भनाइ छ।

प्रकाशित मिति: १३:३३ बजे, सोमबार, पुस १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्