स्पेनिस लालिगा : मालोर्कामाथि बार्सिलोनाको जित
काठमाडौं, पुस १९ : स्पेनिस लालिगा अन्तर्गत बार्सिंलोनाले २०२२ को पहिलो जित हाँसिल गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले मालोर्कामाथि १–० को जीत हासिल...
काठमाडौं, पुस १९ : स्पेनिस लालिगा अन्तर्गत बार्सिंलोनाले २०२२ को पहिलो जित हाँसिल गरेको छ। गएराति भएको खेलमा बार्सिलोनाले मालोर्कामाथि १–० को जीत हासिल गरेको हो।
मालोर्काको घरेलु मैदानमा भएको खेलमा विजयी हुँदै बार्सिलोनाले तीन अंक जोडेको हो। बार्सिलोनको जीतमा ४४ औं मिनेटमा मिनगुयेजाको पासमा लुक डी जोङले गरेको गोल नै निर्णायक बन्यो।
जीतसँगै बार्सिलोनाले शीर्ष स्थानको रियल मड्रिडसँगको दूरी घटाएको छ । बार्सिलोना १९ खेलबाट ३१ अंकसहित पाँचौं स्थानमा पुगेको छ । हिजो भएको खेलमा गेटाफेसँग पराजित भएको रियल मड्रिडको २० खेलबाट ४६ अंक छ ।
त्यसअघि ला लिगाको साविक विजेता एट्लेटिको मड्रिडले लगातार चार हारपछि पहिलो जित निकालेको थियो । एट्लेटिकोले रायो भालेकानोलाई २–० ले हराएको हो । एट्लेटिकोले सन् २०२१ को नोभेम्बर २१ यता ला लिगामा पहिलो जित हासिल गरेको हो ।
एट्लेटिकोको जितमा एड्रियानो कोर्रियाले पहिलो हाफमा दुई गोल गरेका थिए । एट्लेटिको १९ खेलबाट ३२ अंकसहित चौथो स्थनमा पुगेको छ ।











