Kathmandu Press

बेलायती प्रधानमन्त्रीको चुनाव गराउने प्रस्ताव अस्वीकृत

काठमाडौं, भदौ १९ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनको चुनाव गराउने प्रस्ताव संसदले अस्वीकृत गरेको छ।

नेपाली समयअनुसार, बुधबार राति भएको मतद....

बेलायती प्रधानमन्त्रीको चुनाव गराउने प्रस्ताव अस्वीकृत
एजेन्सी

काठमाडौं, भदौ १९ : बेलायती प्रधानमन्त्री बोरिस जोनसनको चुनाव गराउने प्रस्ताव संसदले अस्वीकृत गरेको छ।

नेपाली समयअनुसार, बुधबार राति भएको मतदानमा प्रधानमन्त्री जोनसनको प्रस्ताव अस्वीकृत भएको हो। उनले अक्टोबर १५ मा चुनाव गराउने प्रस्ताव गरेका थिए।

Hardik ivf

हाउस अफ कमन्समा भएको मतदानमा उनको प्रस्तावको पक्षमा दुई सय ९८ मत मात्रै खसे। यसको विक्षमा ५६ मत खसे। प्रस्ताव पास गराउनलाई दुई तिहाई अर्थात चार सय ३४ मत ल्याउनु पथ्र्यो।

संसदको समयावधि छदै चुनाव गराउने प्रस्ताव अस्वीकृत भएसँगै प्रधानमन्त्री जोनसनलाई अर्को झट्का लागेको छ।

यस अघि उनलाई पहिलो झट्का सहमतिबिना नै युरोपियन युनियनबाट अलगत हुने प्रस्ताव अस्वीकृत हुँदा लागेको थियो। उनले युरोपियन युनियनबाट सहमतिबिना नै बेलायतलाई अलग गर्ने प्रस्ताव गरेका थिए। त्यसलाई संसदले बहुमतले अस्वीकृत गरेको थियो।

उनको प्रस्तावको पक्षमा दुई तीन सय एक मत परेका थिए भने विपक्षमा तीन सय २८ मत परेका थिए।

यस अघि टेरेसा मेको प्रस्ताव अस्वीकृत भएपछि उनले प्रधानमन्त्रीबाट राजीनामा दिएकी थिइन्। त्यसपछि जोनसन प्रधानमन्त्री बनेका हुन्।

बेलायतले अक्टोबर ३१ तारिखभित्र युरोपियन युनियनबाट अलग भइसक्नु पर्नेछ।

प्रकाशित मिति: १०:४३ बजे, बिहीबार, भदौ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्