Kathmandu Press

गुड मर्निङ सन्देशले भारतमा हुन्छ इन्टरनेट जाम

विश्वभर यति धेरै स्मार्टफोनले काम नगर्नुको कारण वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

भारतीयहरूले हरेक बिहान एकअर्कालाई शुभ प्रभात सन्देश पठाउने भएकाले यस्तो....

गुड मर्निङ सन्देशले भारतमा हुन्छ इन्टरनेट जाम

विश्वभर यति धेरै स्मार्टफोनले काम नगर्नुको कारण वैज्ञानिकहरूले पत्ता लगाएका छन्।

भारतीयहरूले हरेक बिहान एकअर्कालाई शुभ प्रभात सन्देश पठाउने भएकाले यस्तो भएको उनीहरूको निष्कर्ष छ। गुगलका अनुसार एकाबिहानै पठाइने घामले चुमेका फूल, मायालु बालबालिका, चरा र सूर्यास्तका तस्वीरले इन्टरनेट जाम  हुने गरेको छ।

लाखौं भारतीयहरू पहिलो पटक इन्टरनेट लग इन गरिरहेका हुन्छन् र उनीहरूले पठाएका शुभ बिहानीका सन्देशहरूले इन्टरनेट जाम हुन थालेको छ।  सूर्योदयअघि र बिहान ८ बजेसम्म नयाँ इन्टरनेट प्रयोगकर्ताहरूले साथीभाइ, परिवार र अपरिचितलाई लाखौं शुभ प्रभात सन्देश पठाउने गर्छन्।

Hardik ivf

एकाबिहानै पठाइने यस्ता सन्देशहरूले पाँच वर्षयता “गुड मर्निङ इमेजे” खोजी गर्ने “गुगल सर्च” दश गुणा बढेको छ। अनलाइन फोटो शेयर गर्ने साइट पिन्ट्रेस्टले “गुड मर्निङ” अभिव्यक्ति भएका तस्वीर देखाउन नयाँ खण्ड नै सुरू गरेको छ। त्यहाँ भएका तस्वीर डाउलोड गर्ने भारतीहरूको संख्या एक वर्षयता मात्रै ९ गुणा बढेको छ।

ह्वाट्सएपले पनि पोहोर “स्टाटस मेसेज” थप्यो। यो फिचर प्रयोग गरेर ह्वाट्सएप प्रयोगकर्ताले आफ्ना सबै सम्पर्क व्यक्तिहरूलाई एकै पटक शुभ प्रभात सन्देश पठाउन सक्छन्। भारतमा मासिक २० करोडले सक्रिय रूपमा ह्वाट्सएप चलाउने गरेको वाल स्ट्रिट जर्नलले जनाएको छ। भारत ह्वाट्सएपको सबैभन्दा ठूलो बजार हो।  यसमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पनि संलग्न छन्।

उनी बिहान ५ बजे योगाभ्यासका लागि उठ्ने गर्छन्। घाम उदाउँदै गर्दा गुड मर्निङ सन्देश पठाउनु उनको दैनिकी नै बनेको छ। उनको सन्देशको प्रतिक्रिया नदिने विधायकहरूको एउटा समूहलाई उनले पोहोर चेतावनी पनि दिए।

सस्ता स्मार्टफोन र डाटा प्लानले देशका अशिक्षित र असाक्षर प्रयोगकर्ताको समूहलाई अनलाइन ल्याएको छ। उनीहरूले पनि आफ्नो आवश्यकता र सीप अनुसार एप चलाउन थालेका छन्। भारतीयका लागि काम, विद्यालय, परिवार र साथीभाइमार्फत ठूला समूहसँग जोडिनु महत्वपूर्ण छ।

यही कारणले पनि भारतीय विवाहमा हजारौं अतिथि सहभागी हुन्छन्। यस्ता सस्ता स्मार्टफोन र वायरलेस ब्रोडब्यान्डको स्वरूपमा नयाँ उर्जा थपेको छ।

यस्ता सन्देशहरू निकै चाँडो आउने गरेको, अत्यधिक प्रसन्न हुने र उनीहरूको कम मुल्को थोरै “मेमोरी” भएको फोन “फ्रिज” हुने सम्भावना बढेको केहीले गुनासो गरेका छन्। एकाबिहानै आउने सन्देशबाट छुटकारा पाउन केही “मेसेज ग्रुप” नै छोड्छन् वा तस्वीरहरू डाउनलोड गर्दैनन्।

२४ वर्षीया प्रेरणा शर्माले दिनैपिच्छे गुड मर्निङ सन्देश पठाउने आफन्तबाट दिक्क भइसकेको बताइन्। फोन गर्छन् अनि सोध्छन्   त्यो गुड मर्निङ सन्देश हेर्यौं ? उनी भन्छिन्। त्यस्ता सन्देश विरलै पढ्ने गरेकाले के गर्ने थाहा नपाएको उनले बताइन्। 'धेरै जसो समय मेरो फोनको नोटिफिकेसन बन्द हुन्छ,'उनले भनिन्। 

वेस्टर्न डिजिटल कोर्प नामक डाटा स्टोरेज कम्पनीले गरेको सर्वेक्षण अनुसार भारतका तीनमध्ये एक जना स्मार्टफोन प्रयोगकर्ताले दैनिक स्पेस अभावको समस्या भोग्नुपर्छ। अमेरिका प्रत्येक १० मध्ये एक जनालाई यस्तो समस्या हुन्छ।
 

प्रकाशित मिति: ०७:२२ बजे, बिहीबार, भदौ १९, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्