Kathmandu Press

वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

काठमाडौं, पुस १९ : वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित...
वित्तीय परामर्श दिन नयाँ विकल्पसहित ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा

काठमाडौं, पुस १९ : वित्तीय परामर्शदाता कम्पनी ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा आएको छ । सेवाग्राहीलाई वित्तीय क्षेत्रका सम्पूर्ण सेवा उपलब्ध गराउने तथा सूचनामा आधारित भएर सेवाग्राहीले निर्णय लिन सकुन् भन्ने उद्धेश्यसहित अंग्रेजी नयाँ वर्षको पहिलो दिनमा राजधानीको कमलपोखरीमा कार्यालय खोलेर  ‘मुद्रा कन्सल्ट’ सञ्चालनमा ल्याइएको कम्पनीले बताएको छ ।

सञ्चालक माधवप्रसाद चम्लागाईले यस कम्पनीले आफ्नो व्यवसाय वृद्धिको लागि वित्तीय संस्थाबाट सेवा लिनको लागि आवश्यक कागजात तयारी गरिदिने, सुलभ, सरल र सहज रुपले विभिन्न विकल्पसहित परामर्श उपलब्ध गराउने बताए ।

Hardik ivf

मुद्राले आफ्नो व्यवसाय विस्तारको लागि झन्झटिलो बैङ्किङ प्रकृयाको कारण कागजात नपुगेर भौंतारिइरहेका सेवाग्राहीलाई परामर्श दिने तथा कागजात तयार गर्न सहजीकरण गर्नेछ । उनले भने, ‘वित्त क्षेत्रमा सेवाग्राहीले स–साना कामका लागि धेरै दुःख खेप्नुपर्ने अवस्थालाई सरल र सहज ढङ्गले सम्पूर्ण सेवा प्रदान गर्नका लागि मुद्रा कन्सल्ट खोलिएको हो ।

विस्तृत बजार अनुसन्धान, अनुभवी सेवा सल्लाहकार र सेवाग्राहीको आवश्यकतालाई बुझेर मुद्रा कन्सल्टले सेवा प्रदान गर्छ । प्रविधिमैत्री नयाँ पुस्ताले घरमा नै बसीबसी सेवा लिन सक्ने वातावरण बनाउने हाम्रो प्रयास हुनेछ ।’ सेवाग्राहीको आवश्यकताका आधारमा अडिटिङ गर्ने, काजगात तयार गर्ने, वित्तीय परामर्श उपलब्ध गराउने तथा बैंक एवं वित्तीय संस्थाहरुसँग सहकार्य गरी सेवाग्राहीको आवश्यकता अनुसारको सेवा सुविधा सर्वसुलभ ढंगले प्राप्त गर्ने सुनिश्चित्तता प्रदान गरिने चम्लागाईले बताए ।

उनका अनुसार व्यापार प्रक्षेपण अथवा अनुमान र सम्भाव्यता विश्लेषण तयारीको कामसमेत मुद्रा कन्सल्टले गर्छ । चम्लागाई भन्छन्,  ‘हामीसँग एक पटक जोडिएपछि सेवाग्राहीले लामो समयसम्म सेवा पाउनु हुनेछ । प्रविधिमैत्री ढंगले विज्ञहरुमार्फत सबै काम गर्ने भएकाले हामीसँग जोडिएका सेवाग्राहीले घरमै बसीबसी सेवा पाउने वातावरण बनाउन खोजिरहेका छौं ।’

उनले निजीदेखि सरकारी बैंकमासमेत सामान्य कागजात नपुग्दा तथा सामान्य त्रुटीका कारण पनि आफ्नो काम गर्नबाट बन्चित हुने समस्याबाट मुक्तिको लागि वित्तीय क्षेत्रका अनुभवी विज्ञ टिमबाट सेवा दिन ‘मुद्रा कन्सल्ट’ संचालनमा ल्याएको बताए । मुद्राले आगामी दिनमा वित्तीय साक्षरता सम्बन्धी काम गर्दै वित्तीय साक्षरता बढाउने योजना बनाइरहेकोसमेत उनले बताए ।

उनले भने, ‘प्रविधिमैत्री सेवा सुविधा उपलब्ध गराउने योजना अनुरुप निकट भविष्यमा नै मुद्राले नियमित सेवाग्राहीलाई महत्वपूर्ण कागजात राख्ने गरी आर्काइभ सुविधासमेत दिनेछ । केही सेवाहरु मुद्रा कन्सल्ट डटकममार्फत शुरु भइसकेको छ । अन्य सेवाहरुको लागि थप काम भइरहेको छ ।’

प्रकाशित मिति: ०८:२५ बजे, सोमबार, पुस १९, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्