अग्रता जोगाउन नसक्दा चेल्सीसँग बराबरीमा रोकियो लिभरपुल
काठमाडौं, पुस १९ : उपाधि दाबेदार रहेका चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् । इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी...
काठमाडौं, पुस १९ : उपाधि दाबेदार रहेका चेल्सी र लिभरपुलले बराबरी खेल्दै अंक बाँडेका छन् ।
इंग्लिस प्रिमियर लिगअन्तर्गत आइतबार राति भएको खेलमा चेल्सी र लिभरपुलले २–२ गोलको बराबरी खेलेका हुन् । दुई गोलको अग्रता जोगाउन नसक्दा लिभरपुल बराबरीमा रोकिन वाध्य भएको हो ।
लिभरपुलका लागि साडियो माने र मोहम्मद सलाहले तथा चेल्सीका लागि माटेओ कोभाकिक र क्रिस्टियन पुलिसिकले गोल गरे। योसँगै लिगको दोस्रो स्थानमा रहेको चेल्सीले २१ खेलबाट ४३ अंक जोडेको छ भने तेस्रो स्थानमा रहेको लिभरपुलले एक खेल कम खेल्दै ४२ अंक जोडेको छ।
शीर्षस्थानमा रहेको म्यानचेस्टर सिटीको २१ खेलबाट ५३ अंक छ।
प्रकाशित मिति: ०८:०५ बजे, सोमबार, पुस १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप समाचार











