दुर्घटनामा दुई मोटरसाइकल चालकको मृत्यु
सप्तरी, पुस १८ : सप्तकोशी नगरपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय सुभाष...
सप्तरी, पुस १८ : सप्तकोशी नगरपालिकामा दुई मोटरसाइकल एकापसमा ठोक्किँदा दुवै चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा कञ्चनरुप नगरपालिका–७ का ३५ वर्षीय सुभाष बस्नेत र उदयपुरको चौदण्डीगढी नगरपालिका–९ भिमाका २८ वर्षीय हरिशङ्कर चौधरी रहेका छन्।
दुवै जनाको विराटनगरस्थित गोल्डेन अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरी नायव उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए। चौधरीले चलाएको को २२ प १५५८ नम्बरको तथा बस्नेतले चलाएको स ५ प ३११८ नम्बरको मोटरसाइकल शनिबार राति कञ्चनपुर–फत्तेपुर सडक खण्डको सप्तकोशी नगरपालिका–४ तुलसी चोकमा आपसमा ठोक्किएका थिए।
दुर्घटनामा बस्नेतकी श्रीमती ३० वर्षीया ममता, उनका छोरा आठ वर्षीय समर र छोरी एक वर्षीया सिम्रिका घाइते भएका छन्। यस्तै चौधरीले चलाएको मोटरसाइकलमा सवार सप्तकोशी नगरपालिका–९ का ३५ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन्।












