Kathmandu Press

सन् २०२१ मा डेढ लाख बाह्य पर्यटक नेपाल भित्रिए

काठमाडाैं, पुस १८ : कोभिड–१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ। सन् २०२१ मा डेढ...
सन् २०२१ मा डेढ लाख बाह्य पर्यटक नेपाल भित्रिए

काठमाडाैं, पुस १८ : कोभिड–१९ महामारीको असहज परिस्थितिको अवस्थामा पनि मुलुकमा बाह्य पर्यटक आगमनमा झिनो सुधार भएको पाइएको छ। सन् २०२१ मा डेढ लाख बाह्य पर्यटकले नेपाल भ्रमण गरेका छन्।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्कअनुसार हवाइ तथा भूमार्ग हुँदै एक लाख ५० हजार ९६२ जना पर्यटक नेपाल भित्रिएका छन्। सन् २०२० को तुलनामा गत वर्ष नेपाल भित्रिने पर्यटकको सङ्ख्यामा २५ प्रतिशतले कमी आएको छ। बोर्डका निर्देशक मणि लामिछानेले कोभिड महामारीकाबीच पर्यटक आगमनमा झिनो सुधार आएको बताए। उनले अघिल्लो वर्षको तुलनामा पर्यटक सङ्ख्या कम देखिनुमा उक्त वर्ष कोभिड–१९ पूर्व नै जनवरी र फेब्रुअरीमा उल्लेख्य सङ्ख्यामा बाह्य पर्यटक आएका थिए। सन् २०२० मा दुई लाख ३० हजार बाह्य पर्यटकले नेपाल भ्रमण गरेका थिए। सन् २०१९ मा भने नेपाल भित्रिने बाह्य पर्यटकको सङ्ख्या ११ लाख ९७ हजार १९१ थियो। जुन १२.५ प्रतिशतले बढी हो।

नेपाल भित्रिएका पर्यटकमध्ये सबैभन्दा बढी भारतीय छन्। वर्षभरीमा ६४ हजार ६७३ भारतीय नागरिकले नेपाल भ्रमण गरेका थिए। भारतपछि अमेरिकाबाट २२ हजार ८५३ पर्यटक नेपाल आएका थिए। संयुक्त अधिराज्य (बेलायत) बाट आठ हजार ६८० पर्यटक आएका थिए। छिमेक मुलुक चीनबाट ६ हजार १९६ तथा बङ्गलादेशबाट पाँच हजार ४४ पर्यटक नेपाल भ्रमणमा आएको बोर्डको विवरणमा उल्लेख छ।

प्रकाशित मिति: १९:०७ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्