Kathmandu Press

नेपाल एसएमई व्यापार मेला भोलिदेखि

काठमाडौं, भदौ १८ : नेपाल एसएमई व्यापार मेला आयोजना हुने भएको छ। 

साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार ....

नेपाल एसएमई व्यापार मेला भोलिदेखि

काठमाडौं, भदौ १८ : नेपाल एसएमई व्यापार मेला आयोजना हुने भएको छ। 

साना तथा मझौला व्यवसायी महासंघ नेपालले बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गरी बिहीबारबाट भृकृटीमण्डपमा मेला आयोजना गर्न लागिएको जनाएको हो।

नेपालका उत्पादकत्वमा वृद्धि गर्ने उद्देश्यका साथ मेला आयोजना गर्न लागिएको महासंघका अध्यक्ष बाबुकाजी महर्जनले जानकारी दिए। पाँच दिनसम्म चल्ने मेलामा क्रेताले स्वदेशी उत्पादनको उपयोग गर्न पाउने र विक्रेताले आफ्नो उत्पादनको मागबारे जानकारी लिने पाउने अपेक्षा गरिएको छ।

विश्व पर्यटन दिवसको अवसर पारेर आयोजना गर्न लागिएको सो मेलामा महिलाहरुले उत्पादन गरेका हस्तकलाका सामग्रीहरुलाई विशेष आकर्षणको रुपमा राखिने छ। मेलाको पर्यटन, संस्कृति तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले उद्घाटन गर्ने कार्यक्रम छ।
 

प्रकाशित मिति: १८:१४ बजे, बुधबार, भदौ १८, २०७६
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्