Kathmandu Press

मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

राजविराज, पुस १८ : मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ। कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोसी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल...
मोटरसाइकल दुर्घटनामा दुईको मृत्यु

राजविराज, पुस १८ : मोटरसाइकल दुर्घटनामा परी सप्तरीमा दुई जनाको मृत्यु भएको छ। 

कञ्चनपुर–फत्तेपुर भित्रि सडक खण्डअन्तर्गत सप्तरीको सप्तकोसी नगरपालिका–४ तुलसी टोलमा आज दुईवटा मोटरसाइकल आपसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ।

Hardik ivf

मृत्यु हुनेमा सप्तरी कञ्चनरुप नगरपालिका–७ का सुभास बस्नेत र उदयपुर चौदण्डीगढी नगरपालिका–९ भिमाटोलका २८ वर्षीय हरिशंकर चौधरी रहेको छ। दुुवैजना मोटरसाइकल चालक रहेको र उनीहरुको उपचारका क्रममा गोल्डेन अस्पताल विराटनगरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ।

कञ्चनपुरबाट फत्तेपुरतर्फ जाँदै गरेको को२२प १५५८ नम्बरको मोटरसाइलकलाई विपरीत दिशाबाट आउँदै गरेको अर्को को२२प १५५८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएको थियो।

सो दुर्घटनामा परी को२२प १५५८ नम्बरको मोटरसाइकलमा सवार सुभास बस्नेतको ३० वर्षीय श्रीमती ममता सापकोटा, आठ वर्षीय छोरा सम्मर बस्नेत र एक वर्षीया छोरी सिम्रिका बस्नेत घाइते भएका छन्। 

त्यस्तै को२२प १५५८ नम्बरको मोटरसाइकलमा सवार सप्तरी सप्तकोसी नगरपलिका–९ का २६ वर्षीय रोहित चौधरीसमेत घाइते भएका छन्।

उनीहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान भइरहेको सप्तरीका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले बताए।

प्रकाशित मिति: १६:०२ बजे, आइतबार, पुस १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्