Kathmandu Press

अनलाइन पत्रकार संघकाे नयाँ नेतृत्व चयन, सचिवमा काठमाडौं प्रेसकर्मी मरासिनी

काठमाडौं , पुस १८ : अनलाइन पत्रकार संघमा डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न संघको ११ औं साधारण सभाबाट...
अनलाइन पत्रकार संघकाे नयाँ नेतृत्व चयन, सचिवमा काठमाडौं प्रेसकर्मी मरासिनी

काठमाडौं , पुस १८ : अनलाइन पत्रकार संघमा डिल्लीप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । शनिवार सम्पन्न संघको ११ औं साधारण सभाबाट सापकोटाको अध्यक्षतामा ७ सदस्यीय नया नेतृत्व चयन गरिएको हो । सापकोटा अर्थबजार डटकमका सम्पादक समेत हुन् । 

उपाध्यक्षमा हाम्राकुरा डटकमका गोविन्द अधिकारी चयन भए । यस्तै संघको सचिवमा काठमाडौं प्रेसकर्मी गोविन्द मरासिनी चयन भए । कोषाध्यक्षमा हाम्रो अर्थका निर्दोष घोरासईने चयन हुँदा सदस्यहरुमा नयाँपुस्ता डटकमका प्रधानसम्पादक अमृत पौडेल, उकेरा डटकमकी प्रजु पन्त र मिडिया कुराकानी डटकमका रबिराज बराल निर्वाचित भए । 

Hardik ivf

संघले ११ औं साधारण सभाबाट रु ५ लाखको अक्षकोष स्थापना गर्दै प्रत्येक दुइृ बर्षमा प्रदान गर्ने गरी अनलाइन जर्नालिजम अवार्डको समेत घोषणा गरेको छ । उक्त अक्षयकोष स्थापना का लागि कम्युटर एसोसिएशन नेपाल ९क्यान महासंघ० का पूर्व अध्यक्ष ई। बिनोद ढकालले सहयोग हस्तान्तरण गरेका हुन् । 

यस बर्षको अनलाइन जर्नालिजम अवार्डबाट  ५० हजार सहित उकेरा डटकमका सम्पादक कृष्ण प्रसाद ढुंगानालाई प्रदान गरिएको थियो । ढुंगानालाई कार्यक्रममका प्रमुख अतिथि सञ्चार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले पुरस्कार प्रदान गरे । 

कार्यक्रममा बोल्दै मन्त्री कार्कीले पत्रकारिता पेसाको शुद्विकरणका लागि अनलाइन पत्रकार संघ जस्ता विधागत संस्थाहरुको महत्वपूर्ण भूमिका हुने बताए । 

कार्यक्रममा अनलाइन पत्रकारहरुलाई संगठित गरेर पु¥याएको महत्वपूर्ण योगदानको स्मरण गर्दै अनलाइन पत्रकार संघका संस्थापकहरु रामप्रसाद दाहाल, केपी ढुंगाना, सुदर्शन घिमिरे, प्रवेश सुवेदी, नरदेव पाण्डेय, बाबुराम अर्याल, साबित्री घिमिरे र धर्मराज अधिकारीलाई सम्मान गरेको थियो ।

प्रकाशित मिति: १५:२४ बजे, आइतबार, पुस १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्