Kathmandu Press

दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा,  गाउँपालिकाको काम प्रभावित

बैतडी, पुस १८ : दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय...
दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा,  गाउँपालिकाको काम प्रभावित

बैतडी, पुस १८ : दोगडाकेदार गाउँपालिकाका १० कर्मचारीको एकैपटक सरुवा भएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहका कर्मचारीको काज सरुवाको निर्णय गरेसँगै यहाँका पाँच वडा सचिव, एक इञ्जिनीयर, दुई सव ओभरसियर, एक कम्युटर अपरेटर र एक आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत रवीन्द्र धामीले जानकारी दिए।

स्थानीय तहमा कार्यरत र अपायक भएका कर्मचारीलाई निवेदनका आधारमा कामकाज गर्नेगरी अर्को स्थानीय तहमा खटाउने निर्णय गरेसँगै स्थानीय तहका कर्मचारीको सरुवा गरिएको हो। 

स्थानीय तहका कर्मचारीको सरुवासम्बन्धी कानूनी व्यवस्थाको अभावका कारण अहिले अन्तर स्थानीय तह कामकाजमा खटाइएको भनी निर्णय भएको जनाइएको छ ।

कर्मचारीको एकैपटक सरुवा हुँदा काम प्रभावित भएको गाउँपालिकाका अध्यक्ष चक्र कार्कीले बताए । उनले भने, ‘एकैपटक बढी सङ्ख्यामा कर्मचारीको सरुवा हुँदा सेवा प्रभावमा केही समस्या भएको छ।’ कर्मचारी सरुवा भएसँगै यहाँका सात वडा पनि सचिवविहीन भएका छन्। गाउँपालिकामा रहेका आठ वडामध्ये वडा नं १ बाहेक अन्य सबै वडा सचिवविहीन भएका हुन्। 

प्रकाशित मिति: १४:४६ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्