Kathmandu Press

चितवनका चार मन्दिरमा चोरी

चितवन, पुस १८ : पूर्वी चितवनको कालिका नगरपालिका-२ मा रहेका चार मन्दिरमा चोरी भएको छ। वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक...
चितवनका चार मन्दिरमा चोरी

चितवन, पुस १८ : पूर्वी चितवनको कालिका नगरपालिका-२ मा रहेका चार मन्दिरमा चोरी भएको छ। वडा कार्यालय परिसरमा रहेका ती मन्दिरमा शनिबार राति एकैपटक चोरी भएको हो।

पदमपुर प्रहरी चौकीका अनुसार परिसरमा रहेको कल्पेश्वर महादेव मन्दिर, बिघ्नेश्वर गणेश, राधाकृष्ण र सिद्धिदाता भगवती मन्दिरको ढोका तथा सत्तल फोरेर मन्दिरमा रहेको दान पेटिकाको नगद चोरी भएको हो।

Hardik ivf

दान पेटीकामा रहेका पैसा र विभिन्न सामग्री गरेर करिब रु. १० हजार बराबरको नगद तथा जिन्सी चोरी भएको कार्यालयका प्रमुख तथा सहायक प्रहरी निरीक्षक उदय केसीले जानकारी दिए।

उनका अनुसार पाँच/सात जनाको समूहले चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। मन्दिरमा रहेका मूर्ति र अन्य सामग्री सुरक्षित छन्। घटनाको प्रकृति हेर्दा पैसाका लागि चोरी गरिएको अनुमान छ।

प्रकाशित मिति: १२:४६ बजे, आइतबार, पुस १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्