Kathmandu Press

भक्तपुरको त्वचा फल्चा निर्माण सम्पन्न

काठमाडौं, पुस १८ : भक्तपुर नगरपालिका वडा नम्बर ९ स्थित त्वचा फल्चा निर्माण सम्पन्न भएको छ । शनिबार एक कार्यक्रम आयोजना गर्दै भक्तपुर नगरपालिकाका प्रमुख...
भक्तपुरको त्वचा फल्चा निर्माण सम्पन्न

काठमाडौं, पुस १८ : भक्तपुर नगरपालिका वडा नम्बर ९ स्थित त्वचा फल्चा निर्माण सम्पन्न भएको छ । 

शनिबार एक कार्यक्रम आयोजना गर्दै भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले उक्त फल्चाको उद्घाटन गरेका हुन् । सोही कार्यक्रममा नगर प्रमुख प्रजापतिले भक्तपुर नगरपालिकाको बजेटमा उपभोक्ता समितिबाट पुनःनिर्मित २०७२ सालको भूकम्पबाट भत्केको त्वचा फल्चा, त्वचा सडक र गरुडकुन्दको पेटी र पर्खालको पनि संयुक्त रुपमा उद्घाटन गरेका हुन्। 

प्रमुख प्रजापतिले भक्तपुर नगरभित्रका सरकारी र पर्ति जग्गा संरक्षण र सम्बद्र्धनको जिम्मा स्थानीय सरकारको भएको भन्दै भक्तपुर नगरपालिकाले सल्लाघारीस्थित १०८ रोपनी जग्गा संरक्षण का साथै भक्तपुरको रानीपोखरीलाई पुनःजीवन दिने कार्य गरेको समेत गरेको जानकारी दिए। 

यस्तै, भक्तपुरको पुरानो क्षेत्रमा मौलिक शैलीका घर बनाउने नगरबासीहरुलाई नगरपालिकाले प्रोत्साहनस्वरुप आर्थिक अनुदानको योजना अघि सारेको र २०७२ सालको भूकम्पबाट भत्केको र लामो समयदेखि जीर्ण अवस्थामा रहेका फल्चा पुनःनिर्माण कार्यलाई प्राथमिकताका साथ अगाडि बढाएको उनी बताउँछन्।

सोही कार्यक्रममा त्वचा फल्चा उपभोक्ता समितिका अध्यक्ष बाबुकाजी प्रजापतिले फल्चा पुनःनिर्माणको आयव्यय प्रस्तुत गर्दै फल्चाको कूल खर्च १४ लाख ५० हजार ७५७ रुपैयाँ रहेको जानकारी दिए। 

यस्तै, गरुडकुन्द पेटी र पर्खाल निर्माण उपभोक्ता समितिका अध्यक्ष भीमप्रसाद प्रजापतिले पर्खाल र पेटी निर्माणको लागि जम्मा ४ लाख १५ हजार ९ सय २३ रुपैयाँ खर्च भएको र त्वचा सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष जीतबहादुर खयरगोलीले बाटो निर्माणमा ५ लाख १५ हजार ९२३ रुपैयाँ खर्च भएको जानकारी दिए।
 

प्रकाशित मिति: १२:३५ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्