Kathmandu Press

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि

झापा गोल्डकपको पाँचौँ संस्करण फागुन २१ देखि

झापा, पुस १८ : कोभिड–१९ का कारण दुई वर्षदेखि रोकिएको ‘झापा गोल्डकपको पाँचौँ संस्करण’ आगामी फागुन २१ गतेदेखि ३० गतेसम्म आयोजना हुने भएको छ । मोफसलकै प्रतिष्ठित सो प्रतियोगिता विर्तामोडको डोमालाल राजवंशी रङ्गशालामा सञ्चालन हुनेछ । 

आज यहाँ आयोजित पत्रकार सम्मेलनमा झापा गोल्डकपका अध्यक्ष विनोद बस्नेतले फुटबलको हबका रूपमा झापालाई विकास गराउन गोल्डकप आयोजना गरिएको जानकारी दिए। विजेता टिमले नगद  १२ लाख ५५ हजार र उपविजेताले नगद रु छ लाख पाँच हजार पाउने पत्रकार सम्मलेनमा जानकारी गराइयो । 

त्यस्तै मस्ट भ्यालुएवल प्लेयरलाई एक थान मोटरसाइकल प्रदान गरिनेछ । प्रतियोगिताका उत्कृष्ट गोलकिप्पर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले रु २१ हजार पुरस्कार पाउनेछन् भने उच्च गोलकर्तालाई नगद २५ हजार दिइने आयोजकले जनाएको छ । त्यस्तै प्रत्येक खेलको म्यान अफ द म्याचले नगद नौ हजार ९९९ पाउनेछन् ।

प्रतियोगितामा यहाँका ११ फुटबल क्लबसहित नेपालका नौ र विदेशी एक गरी १० टिमको सहभागिता रहनेछ । प्रतियोगितामा सहभागी हुने स्वदेशी टिमको टुङ्गो केही दिनमै लगाइने महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए । प्रतियोगिता सञ्चालनको लागि  एक करोड ४० लाख लागत अनुमान गरिएको छ । महासचिव पौडेलकोे नेतृत्वमा पाँच सदस्यीय सचिवालय गठन गरिएको छ। 

प्रकाशित मिति: १०:५१ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्