Kathmandu Press

परसपुर–गौघाट सडक कालोपत्र हुने

राँझा, पुस १८ : बाँकेको परसपुर–गौघाट सडक कालोपत्र हुने भएको छ ।  खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने सो सडक स्तरोन्नतिका लागि बोलपत्र...
परसपुर–गौघाट सडक कालोपत्र हुने

राँझा, पुस १८ : बाँकेको परसपुर–गौघाट सडक कालोपत्र हुने भएको छ ।  खजुरा र जानकी गाउँपालिकावासीलाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने सो सडक स्तरोन्नतिका लागि बोलपत्र भइसकेको डिभिजन सडक कार्यालय नेपालगञ्जका प्रमुख होमबहादुर एसीले जानकारी दिए। 

उनका अनुसार सो खण्डको १० किलोमिटर नालीसहित कालोपत्रका लागि बोलपत्र भइसकेको छ । यसका लागि बहुवर्षीय योजनामा रु २५ करोड बजेट छ । यो सडक नालीसहित १२ मिटरको बन्ने छ । यसमा प्रिमिक्स कालोपत्र सात मीटरको हुने जनाइएको छ ।

Hardik ivf

ठेकेदार कम्पनीसँग सम्झौता भएको मितिले सडक निर्माणको समयावधि २८ महिना निर्धारण गरिएको छ । वन क्षेत्र र अन्य कुनै अवरोध नभएकाले निर्धारित समयमै सडक निर्माण हुने जनाइएको छ। सांसद नन्दलाल रोकायले विभिन्न प्रक्रियाका कारण कालोपत्रका लागि ढिलो गरी बोलपत्र भएको उल्लेख गरे।

परसपुर–र्गाघाट सडक विस्तारका लागि पक्की सडक भत्काइएका कारण वर्षात्मा हिलाम्मे भएका सर्वसाधारण अहिले धुलाम्ये हुने गरेका छन् । जिल्लाको जानकी र खजुरा गाउँपालिकाका सर्वसाधारण सदरमुकाम नेपालगञ्ज आवतजावतमा अहिले सास्ती हुने गरेको खजुरा–२ सीतापुरका लक्ष्मीबहादुर थापाले बताए। ‘सडकभरि धुलो छ, नेपालगञ्ज आउन जान धेरै गाह्रो भएको छ,’ उनले भने, ‘मोटरसाइकलमा आवतजावत गर्दा धुलाम्मे भएर मान्छे चिनिन नसक्ने स्थिति छ।

बाँके र बर्दियाका ग्रामीण बस्ती हुँदै बर्दिया सदरमुकाम गुलरिया जोड्ने छोटो दूरीका रूपमा यो सडक रहेको छ  । नेपालगञ्ज उपमहानगरपालिकाको परसपुरबाट, जानकीको बेलभार, खजुराको गौघाट, बर्दियाको बढैयाताल गाउँपालिकाको वडा नं १ र २ हुँदै कण्ठीपुरबाट गुलरियालाई जोड्ने २२ किलोमिटर सडक निर्माण  गर्न पहल भैरहेको जनाइएको छ। 

प्रकाशित मिति: १०:२८ बजे, आइतबार, पुस १८, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्