Kathmandu Press

कोरोनाबाट मृतकका परिवारलाई स्थानीय सरकारको २० हजार सहयोग

बागलुङ, पुस १८ : बागलुङको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारलाई २० हजारका दरले राहत प्रदान गरिएको छ।आर्थिक वर्ष २०७८/८९ मा...
कोरोनाबाट मृतकका परिवारलाई स्थानीय सरकारको २० हजार सहयोग

बागलुङ, पुस १८ : बागलुङको काठेखोला गाउँपालिकामा कोरोना सङ्क्रमितका कारण ज्यान गुमाएकाको परिवारलाई २० हजारका दरले राहत प्रदान गरिएको छ।

आर्थिक वर्ष २०७८/८९ मा विनियोजित गरेको तीन लाख ६० बजार बजेटअनुसार मृतकका परिवारलाई राहत रकम प्रदान गरिएको काठेखोला गाउँपालिकाले जनाएको छ। गाउँपालिकामा सङ्क्रमणका कारण हालसम्म १८ जनाले ज्यान गुमाइसकेका छन्।

काठेखोलाका अध्यक्ष अमरबहादुर थापाले कोरोनाबाट ज्यान गुमाउनेको परिवारका लागि सानो भए पनि राहत होस् भन्ने हेतुले रकम प्रदान गरिएको बताए। स्थानीय सरकारले घाउँमा मल्हममात्रै लगाउन खोजेको उनको भनाइ छ।

गाउँपालिकाले कोरोनाका कारण बेरोजगार भएर घर फर्केकालाई प्राथमिकतामा राखेर प्रभानमन्त्री रोजगारी कार्यक्रमलाई आवद्ध बनाइराखेको छ। गाउँपालिकाले कोरोना महामारीमा काठमाडौं, काँकडभिट्टा, सुनौलीलगायत नाकाबाट नागरिकको निःशुल्क उद्धारसमेत गरेको थियो।

गण्डकी प्रदेश सरकारले समेत कोरोनाबाट मृत्यु भएकाको परिवारलाई जनही ५० हजार दिने निर्णय गरेको छ। यसअन्तर्गत बागलुङका १० मृतकका परिवारले ५० हजार राहत रकम पाइसकेका छन् भने अन्यको कागजात सङ्कलनको काम भइरहेको स्वास्थ्य कार्यालय का प्रमुख सुरज गुरौले जानकारी दिए।

बागलुङमा कोरोनाबाट मृत्यु भएको सङ्ख्या ७२ छ। तर, बागलुङ ठेगाना भई अन्यत्र उपचारका क्रममा मृत्यु भएकाको सङ्ख्या जोड्दा १०० भन्दा बढी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ। (रासस)

प्रकाशित मिति: ०८:४७ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्