Kathmandu Press

नेपाली सेनाले खोल्यो २२९ जना अधिकृतका लागि विज्ञापन

काठमाडौं, पुस १८ : नेपाली सेनाले दुई सय २९ जना अधिकृत क्याडेटका लागि आवेदन माग गरेको छ।आइतबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी...
नेपाली सेनाले खोल्यो २२९ जना अधिकृतका लागि विज्ञापन

काठमाडौं, पुस १८ : नेपाली सेनाले दुई सय २९ जना अधिकृत क्याडेटका लागि आवेदन माग गरेको छ।

आइतबार नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले अधिकृत क्याडेटमा भर्नाका लागि दरखास्त आह्वान गर्दै सूचना प्रकाशित गरेको छ।

यसमा खुलाबाट १२० जना, आदिवासी जनजातीबाट ३३ जना, मधेशीबाट २९ जना, महिलाबाट २१ जना, दलितबाट १५ जना, सैनिक सन्ततिबाट ६ जना र पिछडिएको क्षेत्रबाट ५ जना माग गरिएको छ।

सेनाले माघ २४ गतेसम्म दरखास्त बुझाउने समेत दिएको छ।

प्रकाशित मिति: ०७:५७ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्