Kathmandu Press

लागूऔषधसहित दुई युवा पक्राउ

कञ्चनपुर, पुस १८ : पुर्नवास नगरपालिका–१० दोदा पुल क्षेत्रबाट प्रहरीले दुई युवालाई लागूऔषधसहित पक्राउ गरेको छ।जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर...
लागूऔषधसहित दुई युवा पक्राउ

कञ्चनपुर, पुस १८ : पुर्नवास नगरपालिका–१० दोदा पुल क्षेत्रबाट प्रहरीले दुई युवालाई लागूऔषधसहित पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–७ बस्ने वर्ष ३३ का सनम भण्डारी र वर्ष २८ की रितु भण्डारी रहेका छन्।

से ३ प ४४९६ नम्बरको मोटरसाइकलमा जाँदै गरेका दुवै जनाको साथबाट प्लाष्टिकभित्र लुकाइछिपाइ राखेको अवस्थामा नेट्राभेट १० लेखेको ट्यावलेट १५ र स्पास लेखेको क्याप्सुल ४४ थान बरामद गरिएको डीएसपी शाहले बताए।

दुवैले लागूऔषध भारतको वसया बजारबाट खरिद गरेर ल्याएको प्रहरीसँगको बयानका क्रममा बताएका छन्। पक्राउ परेका दुवैमाथि प्रहरीले अनुसन्धानको गरिरहेको जनाएको छ।

प्रकाशित मिति: ०६:५७ बजे, आइतबार, पुस १८, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्