Kathmandu Press

दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्छ : अध्यक्ष यादव

दलित समुदायका लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्छ : अध्यक्ष यादव

जनकपुर, पुस १७ : जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले दलित समुदायको लागि छुट्टै निर्वाचन क्षेत्र आरक्षित गर्नुपर्ने बताएका छन। समाजवादी दलित मुक्ति सङ्गठनको राष्ट्रिय भेलालाई आज जनकपुरधाममा उद्घाटन गर्दै अध्यक्ष यादवले वर्तमान राजनीतिक व्यवस्थामा दलित समुदायले निर्वाचन जित्न सक्ने अवस्था नरहेकाले छुट्टै निर्वाचन क्षेत्र आरक्षित हुनुपर्ने बताए।
    
'निर्वाचन निक्कै महँगो हुँदै गएको छ, यस्तो अवस्थामा दलित समुदायले निर्वाचन जित्न धेरै नै गाह्रो छ,' अध्यक्ष यादवले भने, ‘प्रदेश नं २ मा एउटा पनि एक पनि दलित छैन, जसले ठूलो रकम खर्चेर निर्वाचन जित्न सक्छ, त्यसैले दलित निर्वाचन क्षेत्र आरक्षित हुनुपर्छ भन्ने हाम्रो भनाइ हो।' राजनीति र सरकारी निकायमा प्रतिनिधित्व हुँदा मात्र दलित समुदायले न्यायका लागि लड्न सक्ने भएकाले राजनीतिकमा दलितको प्रतिनित्वका लागि निर्वाचन क्षेत्र नै आरक्षित गर्नुपर्ने उनको भनाइ थियो।

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले दलित समुदायको उत्थान र विकासमा प्रदेश सरकारले प्रगतिशील कार्य अघि बढाएको बताए। समाजिक उत्पीडिन र विभेदमा परेका दलित समुदायको उत्थानका लागि प्रदेश सरकारले दलित सशक्तिकरण विधेयक ल्याइसकेको बताउँदै उनले विधेयक कार्यन्वयनपछि प्रदेशमा दलित समुदायको प्रतिनिधित्व उत्साहजनक रुपमा बढ्ने दाबी गरे।

Hardik ivf

प्रदेश सरकारले ल्याएको विद्ययेकले दलित समुदायको पालिकादेखि प्रदेशको हरेक निकायका साथै प्रशासनिक क्षेत्रमा दलित समुदायको जनसङ्ख्याको आधारमा सहभागिता हुने बताउँदै उनले प्रदेश सरकार दलित समुदायको पक्षमा अन्य कार्यक्रम ल्याउन लागेको बताए।

समाजवादी दलित मुक्ति सङ्गठनका अध्यक्ष खिमबहादुर विश्वकर्माको अध्यक्षतमा आयोजित उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य तथा प्रदेश सरकारका पूर्वमन्त्री ज्ञानेन्द्रकुमार यादव, प्रदेशसभा सदस्य चमेलीदेवी दास, जनकपुरधाम उपमहानगरपालिकाका प्रमुख लालकिशोर साहले दलित समुदायको पक्षमा निरन्तर ओकालत गर्नुपर्नेमा जोड दिए। आइतबारसम्म चल्ने राष्ट्रिय भेलामा प्रदेश नं २ का आठवटै जिल्लाका दलित अगुवा सहभागिता रहेको छ। सम्मेलनमा दलित समुदायको उत्थान विकासका विषयमा छलफल हुने कार्यक्रम रहेको आयोजकले जनाएको छ।

प्रकाशित मिति: २०:५३ बजे, शनिबार, पुस १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्