Kathmandu Press

हिउँदे वर्षाले किसानमा खुशी

पाल्पा, पुस १७ : पाल्पालगायत पहाडी जिल्लामा परेको हिउँदे वर्षाले अन्नबालीमा सिँचाइको सुविधा पुगेको छ। लामो समयदेखि पानी नभएका बेला दुई दिनसम्म परेको...
हिउँदे वर्षाले किसानमा खुशी

पाल्पा, पुस १७ : पाल्पालगायत पहाडी जिल्लामा परेको हिउँदे वर्षाले अन्नबालीमा सिँचाइको सुविधा पुगेको छ। लामो समयदेखि पानी नभएका बेला दुई दिनसम्म परेको हिउँदे वर्षाले किसान उत्साहित भएका छन्। मौसमी सिँचाइ भने चार हजार ८७१ हेक्टर क्षेत्रफलमा मात्रै गर्न सकिने कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ। आकाशे पानीका भरमा खेती गर्ने पहाडका अन्नबालीलाई हल्का वर्षाले सिँचाइको रूपमा काम गरेको किसान बताउँछन्।

सिँचाइ सुविधा अभावमा अन्नबाली राम्रो उत्पादन नहुने डाँडाबस्तीका किसान खुशी भएका हुन् । अहिलेको वर्षाले गहुँ, तोरी, मसुरो, चनालगायतका बाली तथा र आलु, काउली, बन्दालगायतका तरकारी खेतीमा वृद्धि हुने आशा किसानले गरेका छन्। आकाशे पानीको भरमा खेती लगाउने डाडाँका बस्तीसँगै फाँटमा लगाएको बालीमा समेत वर्षाले राम्रो भएको हुँदा आफू खुशी भएको बगनासकाली–३ का किसान राजु रानाले बताए। सिँचाइ अभाव भएको खेतबारी वर्षा किसानका लागि अमृतसरह भएको उनले बताए।

गत असोजदेखि नै पानी नपरेका कारण खेतीयोग्य जमिन सुक्खा भएको बेला पानी परेपछि हिउँदे बालीका साथै तरकारी खेतीको उत्पादनमा वृद्धिमा वर्षाले राम्रो प्रभाव पारेको स्थानीय बासिन्दा रामबहादुर घर्तीले बताए। केही मात्रामा चिसो बढ्ने र थोरै बालीमा नोक्सानी गरे पनि अहिलेको वर्षाले उत्पादनमा वृद्धि ल्याउने अपेक्षा गरेको किसान बताउँछन्। पाल्पामा कूल एक लाख ३६ हजार ५९५ हेक्टर खेतीयोग्य जमिन रहेकामा आठ हजार ८०५ हेक्टर खेतमा वर्षायाममा सिँचाइ सुविधा उपलब्ध छ। अन्य समयमा तीन हजार ९३४ हेक्टर क्षेत्रफलमा सिँचाइ हुन्छ।

प्रकाशित मिति: १९:५९ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्