Kathmandu Press

हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

रुकुमपूर्व, पुस १७ : रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ। सिस्ने–१ मा मङ्गलबारदेखि बुधबार रातिसम्म निरन्तर परेको हिमपातका कारण...
हिमपातका कारण विद्यालयको परीक्षा प्रभावित

रुकुमपूर्व, पुस १७ : रुकुमपूर्वको सिस्ने गाउँपालिका–१ मा हिमपातका कारण परीक्षा स्थगन गरिएको छ। सिस्ने–१ मा मङ्गलबारदेखि बुधबार रातिसम्म निरन्तर परेको हिमपातका कारण परीक्षा प्रभावित बन्न पुगेको हो। यही पुसको १२ गतेदेखि सुरु गरिएको अर्धवार्षिक परीक्षा हिमपातका कारण स्थगन गर्नुपरेको हिमालय माध्यामिक विद्यालय पाखापानीका शिक्षक भीमसेन खत्रीले जानकारी दिए।

मङ्गलबारदेखि बुधबार रातिसम्म बाक्लो हिमपात भएपछि विद्यार्थी विद्यालय आउन नसकेका कारण परीक्षा स्थगन गरिएको विद्यालयले जनाएको छ। अहिले त्यहाँ जमिनमा दुई फिट हिउँ जमेको छ। अब अर्को सूचना जारी नहुँदासम्मको अवस्थामा परीक्षा स्थगन भएको शिक्षक खत्रीले बताए।

Hardik ivf

सिस्ने गाउँपालिकाले गाउँपालिकाभरि पुस ११ गतेदेखि अर्धवार्षिक परीक्षा गर्ने निर्णय गरेको थियो। गाउँपलिकाभरिमा अन्य विद्यालयमा ११ गतदेखि नै परीक्षा सुरु भए पनि पाखापानीमा भने १२ गतेदेखि मात्रै परीक्षा सुरु भएको सिस्ने गाउँपलिका शिक्षा शाखाका प्रमुख मङ्गलसिहं बुढाले बताए। अहिले अत्यधिक चिसो र हिउँले गर्दा विद्यार्थी विद्यालयसम्म पुग्ने वातावरण नहुँदा सिस्ने–१ को परीक्षा स्थगन गर्नुपर्ने अवस्था आएको शिक्षा शाखा प्रमुख बुढाले बताए।

सिस्ने गाउँपालिकाभित्रका विद्यालयमा पुस २० गतेभित्र परीक्षा सकाएर एक सातालाई जाडो बिदा गर्ने गाउँपालिकाले जनाएको छ। अहिले हिमपातका कारण जिल्लाका अन्य विद्यालयमा पठनपाठन सञ्चालन गर्न समस्या भइरहेको छ। कतिपय विद्यालयमा विद्यार्थी पुग्न सकेका छैनन् भने कतिपय विद्यालयमा थोरै सङ्ख्यामा विद्यार्थी उपस्थित भए पनि पठनपाठन सञ्चालन गर्न नसकिरहेको विद्यालयहरूले जनाएका छन्।

प्रकाशित मिति: १९:५७ बजे, शनिबार, पुस १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्