Kathmandu Press

स्याङ्जामा जीप दुर्घटना, दुईको मृत्यु

गल्याङ, भदौ १८  : स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन्।

पाल्पाक....

स्याङ्जामा जीप दुर्घटना, दुईको मृत्यु

गल्याङ, भदौ १८  : स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन्।

पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप  बुधबार दिउँसो गल्याङ–३ बुटवल पावर कम्पनी नजिकैबाट दुर्घटना हुँदा एक महिला र एक बालकको मृत्यु भएको प्रहरीले जनाएको छ।

जीप सडकबाट झण्डै ४०० मिटर तल खसेको गल्याङ प्रहरी चौकीले जनाएको छ। मृतक दुवै जनाको सनाखत हुन सकेको छैन। दुर्घटनामा पर्नेहरुमा तीज मनाएर घर फर्कँदै गरेका महिला धेरै रहेको प्रहरीले जनाएको छ।

घाइतेमध्ये केहीलाई तानसेन रिफर गरिएको छ भने केहीको स्थानीय गल्याङ सामुदायिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ। 
 

प्रकाशित मिति: १६:०६ बजे, बुधबार, भदौ १८, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्