Kathmandu Press

`जनप्रतिनिधि शासक हाेइन, जनताकाे शेवक बन्नु पर्छ´

विराटनगर, पुस १७ : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताएका छन।झापाको विर्तामोडस्थित...
`जनप्रतिनिधि शासक हाेइन, जनताकाे शेवक बन्नु पर्छ´

विराटनगर, पुस १७ : प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले जनप्रतिनिधिले शासक होइन, जनताको सेवक बन्नुपर्ने बताएका छन।

झापाको विर्तामोडस्थित भाउजु मिट मार्ट प्रालिद्वारा सञ्चालित ‘मिट माउन्ट’को आज उद्घाटन गर्दै उहाँले समाज रुपान्तरणका लागि जनप्रतिनिधि र नेताहरु सच्चिन जरुरी रहेको बताए। नेपाली समाजमा शिक्षा आर्जन गर्दा डाक्टर र इञ्जीनियर नै बन्न प्रेरित गर्ने प्रचलन भएकाले कृषिप्रति आकर्षण कम भएको उल्लेख गर्दै उनले कृषि क्षेत्रको विकासका लागि प्रदेश सरकारले अनुदानका कार्यक्रम सञ्चालन गरिरहेको जानकारी दिए।

Hardik ivf

बिर्तामोड नगरपालिका–४ मा रहेको मिट माउन्टमा रेखाकुमारी कार्की, पल्मु शेर्पा, देवीकुमारी ढकाल र हिमा दङ्गालले रु १० करोड लगानी गरेका छन। त्यहाँ २० प्रकारका मासुमाछाको बिक्रीकक्ष छ । मिट माउन्ट सबै प्रकारका मासु माछा बिक्री हुने पसल हो । जहाँ खसी, भेँडा–च्याङ्ग्रा, बँदेल, टर्की, अस्ट्रिज, कुखुरा, बट्टाई, हाँस, कुखुरालगायतको मासु, माछा एउटै छातामुनि सुपथ मूल्यमा पाइने आयोजकको भनाइ छ ।

मिट माउन्टले देवभूमि बहुउद्देश्यीय कृषि फार्म इलाम र पूर्वी किरण कृषि फार्म झापासँग सहकार्य गरिरहेको छ। ती फार्मले कुखुरा, खसी, बँदेल, माछालगायतका पशुपक्षी उत्पादन गर्दै आएका छन् । मिट माउन्ट सञ्चालनका लागि नेपाल सरकारले तोकेको मापदण्डअनुरुप ८०० वर्गफिट क्षेत्रफलमा पशुपक्षी बधशाला र लगभग १३०० वर्गफिटमा बिक्रीकक्ष निर्माण गरिएको छ ।

कार्यक्रममा झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना, बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटी, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बालगायत सहभागि हुनुभएको  मार्टका प्रबन्ध निर्देशक अबिचन्द्र रिजालले बताए।

प्रकाशित मिति: १९:०२ बजे, शनिबार, पुस १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्