Kathmandu Press

मनाइयो राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडाैं, पुस १७ : जागरुक युवा अभियान नेपालको आयोजनामा नवौं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ। ‘नेपाली टोपी स् हाम्रो पहिचान’ भन्ने...
मनाइयो राष्ट्रिय पोसाक एवं टोपी दिवस

काठमाडाैं, पुस १७ : जागरुक युवा अभियान नेपालको आयोजनामा नवौं राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइएको छ। ‘नेपाली टोपी स् हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाएका हुन्।

कोरोना जोखिम कायमै रहेकाले धेरै भीडभाड नगरी दिवस मनाइएको अभियानले जारी गरेको विज्ञप्तिमा उल्लेख छ। नेपाली पहिचानका रूपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न २०७१ सालदेखि दिवस मनाउन थालिएको हो।

दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्वीर सामाजिक सञ्जालमा पोष्ट गरेका छन् । सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिएको छ।

नौ वर्ष अघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो। दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ।

नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनर्जागरण हुन थालेको छ। औपचारिकरूपमा राष्ट्रिय पोशाक हटाइएपछि युवा जागरुक भएर यो अभियान सुरु गरेका हुन्।

उत्साही युवा घनश्याम श्रेष्ठ, रामजी बलामी, जनार्दन पौडेल, शिव धिताल, अज्मत अलि, ज्ञानमणि नेपाल, जनक कार्की र लक्ष्मण लम्सालले सुरु गरेको यो अभियान अहिले हजारौँ युवामाझ लोकप्रिय भएको छ।

प्रकाशित मिति: १८:१० बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्