Kathmandu Press

बुद्धनगरको वाग्मती किनारबाट फोहाेर व्यवस्थापन

काठमाडाैं, पुस १७ : वाग्मती नदीको बुद्धनगर क्षेत्रमा गरिएको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानको ४५१औं हप्तामा बुद्धनगरस्थित वाग्मती...
बुद्धनगरको वाग्मती किनारबाट फोहाेर व्यवस्थापन
फाइल तस्बिर

काठमाडाैं, पुस १७ : वाग्मती नदीको बुद्धनगर क्षेत्रमा गरिएको सफाइबाट चार मेट्रिकटन फोहर व्यवस्थापन गरिएको छ। वाग्मती सफाइ महाअभियानको ४५१औं हप्तामा बुद्धनगरस्थित वाग्मती पुल नजिकै सडकको दायाँबायाँ सफाइ गरिएको हो।

अभियानकर्मीको सक्रियतामा भएको सफाइबाट जम्मा गरिएको फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको अभियानकर्मी किशोरसिंह शाहीले राससलाई जानकारी दिए।
  
२०७० जेठ ५ गतेदेखि सुरु भएको सफाइ स्वयंसेवी महाअभियान हो। यो प्रत्येक हप्ताको शनिबार बिहान दुई घण्टा वाग्मती किनारमा हुने गरेको छ। ‘राष्ट्रका लागि दुई घण्टा स्वयंसेवा’ भन्ने नाराका साथ सफाइ हुँदै आएको छ।

Hardik ivf

वाग्मती सफाइमा पूर्वमुख्यसचिव एवं प्रमुख अभियानकर्मी लीलामणि पौडेल, अधिकार सम्पन्न वाग्मती समितिका अध्यक्ष उद्धवप्रसाद तिमल्सिना, नवनियुक्त अधिकार सम्पन्न वाग्मती समितिका आयोजना प्रमुख नवराज प्याकुरेल, काठमाडौं महानगरपालिका-११ का अध्यक्ष हीरालाल तन्डुकार, अधिकार सम्पन्न वाग्मती समितिका कर्मचारी, महानगरपालिका-१० स्थानीयवासी, विभिन्न सङ्घसंस्था, वडा ११ का स्थानीयवासी र काठमाडौं उपत्यका खानेपानी लिमिटेडका कर्मचारी लगायतको सहभागिता थियो।  
  
महानगरपालिका–११ राजेश टोल सुधार समितिका अध्यक्ष ज्ञानकुमार बज्राचार्यलाई फोहर वर्गीकरण गरी घरमा मल बनाउन २० थान विन अधिकार सम्पन्न वाग्मतीले हस्तान्तरण गरेको थियो। पुस २४ गते शनिवार शङ्खमूल पुलमा बिहान ७ः३० बजे ४५२औं हप्ताको सफाइ गरिने महाअभियानले जनाएको छ।  

महाअभियानबाट प्रभावित भएर काठमाडौं उपत्यकामा वाग्मतीका विभिन्न भागका साथै यसका सहायक नदी पनि सफाइ भइरहेको छ। गुह्येश्वरीमाथिको वाग्मती, रुद्रमती, विष्णुमतीको तल्लो र माथिल्लो भाग, मनोहरा, चक्रपथको उत्तर र पश्चिमी भाग, ललितपुरको गोदावरी खोला, भक्तपुरको हनुमन्ते खोलालगायत स्थानमा पनि सफाइ अभियान जारी छ।

हाल काठमाडौं उपत्यकाका २५ स्थानमा सफाइ भइरहेको छ। यसैगरी उपत्यका बाहिरका मुख्य शहर, नदी र सांस्कृतिक सम्पदास्थलमा पनि सफाइ भइरहेको छ भने उपत्यका बाहिर १०९ स्थानमा वाग्मती सफाइ महाअभियानबाट नै प्रभावित भएर सफाइ अभियान चलिरहेको जनाइएको छ।

प्रकाशित मिति: १७:३८ बजे, शनिबार, पुस १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्