Kathmandu Press

भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, पुस १७ : प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) दिउँसो १ बजे बस्दै छ।भोलि बस्न लागेको बैठक दसौं अधिवेशनअन्तर्गत चौथो हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले...
भोलि दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं, पुस १७ : प्रतिनिधिसभाको बैठक भोलि (आइतबार) दिउँसो १ बजे बस्दै छ।

भोलि बस्न लागेको बैठक दसौं अधिवेशनअन्तर्गत चौथो हो। बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन आ.व. २०७७/७८’ पेस गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद्का महासचिव डा. भरतराज गौतमले जानकारी दिएका छन्।

प्रमुख प्रतिपक्षी दल एमालेले भने संसद बैठक अवरुद्ध पार्दै आएको छ। आफूले कारबाही गरेका १४ सांसदलाई पदमुक्त नगरेसम्म बैठक चल्न नदिने अडान एमालेको छ। 

प्रकाशित मिति: १६:३७ बजे, शनिबार, पुस १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्