Kathmandu Press

काठमाडौं महानगरको वातावरणीय अध्ययन कार्यविधि स्वीकृत

काठमाडौं, पुस १७ : काठमाडौं महानगरपालिकाले संक्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८ संशोधनसहित स्वीकृत गरेको छ।  त्यसैगरी ‘बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि...
काठमाडौं महानगरको वातावरणीय अध्ययन कार्यविधि स्वीकृत

काठमाडौं, पुस १७ : काठमाडौं महानगरपालिकाले संक्षिप्त वातावरण अध्ययन तथा प्रारम्भिक वातावरणीय अध्ययन कार्यविधि २०७८ संशोधनसहित स्वीकृत गरेको छ। 
 
त्यसैगरी ‘बालअधिकार संरक्षण तथा सम्वद्र्धनसम्बन्धी कार्यविधि २०७८’ तर्जुमा गर्न सैद्धान्तिक सहमति पनि दिइएको छ। कामपाका प्रमुख विद्यासुन्दर शाक्यको अध्यक्षतामा बसेको ७२औं कार्यपालिका बैठकमा उक्त कार्यविधि स्वीकृत भएको हो।  

शुक्रबार बसेको कार्यपालिका बैठकमा १०औं नगरसभा यही पुस २८ गते गर्ने निर्णय पनि भएको छ। स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १९ को उपदफा ४ मा गाउँ र नगरसभासम्बन्धी व्यवस्था छ।

Hardik ivf

यो ऐनसँगै बागमती प्रदेशको कानुन र महानगरपालिकाको नगरसभा सञ्चालनसम्बन्धी कार्यविधि २०७४ का आधारमा अधिवेशनको मिति तय गरिएको हो। 

बैठकमा कार्यपालिका सदस्यले सम्पदा भवन संरक्षण एवं निर्माण मापदण्ड तथा सहुलियत कार्यविधि २०७८’ लाई प्रभावकारीरुपमा कार्यान्वयनमा ल्याउनुपर्ने, खानेपानी र विद्युत् जस्ता भौतिक विकासमा काम गर्ने साझेदारसँग निर्माण कार्यमा समन्वय गर्नुपर्ने, कोभिड भ्याक्सिन खोपको विद्युतीय प्रमाणीकरणको चाप व्यवस्थापन गर्नुपर्ने, वडास्तरमा मतदाता नामावली सङ्कलन व्यवस्था गर्नुपर्नेलगायत विषय उठाएका थिए।

प्रकाशित मिति: १५:२२ बजे, शनिबार, पुस १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्