प्रदेश र स्थानीय तहका लागि चार देशको ११ अर्ब अनुदान
काठमाडौं, भदौ १८ : चार देशले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ संयुक्त रुपमा अनुदान सहयोग गर्ने भएका छन्।
युुरोपियन युनियन, स्विजरल्यान्ड, नर....

काठमाडौं, भदौ १८ : चार देशले नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ संयुक्त रुपमा अनुदान सहयोग गर्ने भएका छन्।
युुरोपियन युनियन, स्विजरल्यान्ड, नर्वे र बेलायतले संयुक्तरुपमा नेपाललाई ११ अर्ब ४० करोड रुपैयाँ अनुदान सहयोग गर्ने भएका हुन्। बुधवार चारवटै देशका प्रतिनिधि र अर्थमन्त्री डा.युवराज खतिवडाबीच अनुदान सहयोगमा संयुक्त हस्ताक्षर भएको छ।
खासगरी प्रदेश सरकार र स्थानीय सरकारले दिने सेवालाई प्रभावकारी बनाउन सहयोगको उपयोग हुनेछ। चार देशले नेपाललाई सन् २०१९ देखि २०२३ सम्म सहयोग गर्नेछन्।
चार वर्षभित्र तोकिएका सेवाका काम सम्पन्न गर्नेगरी सम्झौतापत्रमा हस्ताक्षर भएको अर्थ मन्त्रालयले जनाएको छ।
अनुदान स्थानीय तहका आयोजनाको अध्ययन, स्थानीय तहमा नीतिगत सुधार, दीर्घकालिन योजनाको अध्ययन, अक्षमता अभिबृद्धि कार्यक्रम सञ्चालन गरिने छ।










-1754206481.jpg)
