सुनसँगै बढ्न थाल्यो चाँदीको मूल्य
काठमाडौं, भदौ १८ : नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य पनि बढ्न थालेको छ।
सुनको मूल्य बुधवार प्रतितोला एक हजार रुपैयाँ बढेको छ भने चाँदी पनि....

काठमाडौं, भदौ १८ : नेपाली बजारमा सुनसँगै चाँदीको मूल्य पनि बढ्न थालेको छ।
सुनको मूल्य बुधवार प्रतितोला एक हजार रुपैयाँ बढेको छ भने चाँदी पनि प्रतितोला ४५ रुपैयाँ बढेको छ। पछिल्लो डेढ महिनादेखि निरन्तर उकालो लाग्दै आएको सुनको मूल्य बुधवार ७३ हजार पाँच सय रुपैयाँ पुगेको छ।
जुन मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च हो। मंगलबार छापावाल सुनको मूल्य सुन प्रतितोला ७२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, तेजाबी सुनको मूल्य पनि प्रतितोला एक हजार रुपैयाँका दरले वृद्धि भएको छ। तेजाबी सुनको मूल्य प्रतितोला ७३ हजार दुई सय रुपैयाँ पुगेको छ ।
मंगलबार तेजाबी सुन प्रतितोला ७२ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।
सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि देखिएको छ। चाँदीको मूल्य बुधवार प्रतितोला ४५ रुपैयाँ बढेको छ। चाँदीको मूल्य प्रतितोला नौ सय ४० रुपैयाँ पुगेको छ। मंगलबार चाँदी प्रतितोला आठ सय ९५ रुपैयाँमा खरिदबिक्री भएको थियो।
एकसाता अघि चाँदी आठ सय ८० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो। लामो समयसम्म स्थिर रहेको चाँदीको मूल्य एक सातामै ६० रुपैयाँ बढेको हो।










-1754206481.jpg)
