Kathmandu Press

लागुऔषधसहित चार युवा पक्राउ

जलेश्वर, पुस १७ : प्रहरीले शुक्रबार राति लागुऔषधसहित चार युवालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही...
लागुऔषधसहित चार युवा पक्राउ

जलेश्वर, पुस १७ : प्रहरीले शुक्रबार राति लागुऔषधसहित चार युवालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा महोत्तरी जिल्लाको रामगोपालपुर नगरपालिका-६ बस्ने २७ वर्षीय शत्रुधन मुखिया, सर्लाही जिल्लाको लालबन्दी नगरपालिका-४ बस्ने १७ वर्षीय वीरेन्द्र मुखिया, १८ वर्षीय सुरेश मुखिया र बरहथवा नगरपालिका-७ बस्ने १४ वर्षीय सुमन श्रेष्ठ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।

Hardik ivf

शुक्रबार राति करिब ८ बजे भारतको बिहार राज्यको सीतामढी जिल्लाको कन्हमा सहरबाट नेपाल आएका उनीहरुलाई औरही नगरपालिका-४ स्थित सडकमा शंका लागि जाँच गर्दा लागुऔषधसहित पक्राउ परेका हुन्।

प्रहरीले उनीहरुका साथबाट नेपालमा प्रतिबन्धित नाइट्राभेट ट्याब्लेट ३७५ पिस, स्पास्मो प्रो ८ पिस र डाइलेक्स सिरप ४ बोतल बरामद गरेको छ। उनीहरूलाई आज (शनिबार) बिहान  जिल्ला प्रहरी कार्यालयमा ल्याई अनुसन्धान अगाडि बढाएको बताइएको छ।

प्रकाशित मिति: १२:५९ बजे, शनिबार, पुस १७, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्